चुनावको हप्तादिनअघि गच्छेद्धारा फोरमको घोषणापत्र सार्वजनिक

बैशाख २४, २०७४ मा प्रकाशित | 768 views

काठमाडौं ।

स्थानिय निर्बाचनको लागी नेपाल लोकतान्त्तिक फोरमले २७ बुदे प्रतिबद्धता पत्र सार्बजनिक गरेको

स्थानिय निर्बाचनको लागी नेपाल लोकतान्त्रिक फोरमले २७ बुदे प्रतिबद्धता पत्र सार्बजनिक गरेको छ ।

आज काठमाडौमा आयोजित कार्यक्रममा लोकतान्त्रिक फोरमका अध्यक्ष बिजयकुमार गच्छदारले प्रतिबद्धता पत्र सार्बजनिक गर्नुभएको हो ।

प्रतिबद्धता पत्रमा संघिय र समाबेशी लोकतन्त्रको सुनिश्चितता एबं अधिकार बिकास र भ्रष्टाचारमुक्त प्रशासन प्रति लोकतान्त्रिक फोरमले प्रतिबद्धता जनाएको छ ।

उत्पादन,रोजगारी र आय अभिबृद्धीलाई मुल आर्थिक नीति बनाउने कृर्षि र बनमा आधारित उद्योगहरुको स्थापना र संचालनमा स्थानिय श्रोत,सीप प्रबिधि र पूंजीको परिचालन गरिने प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ ।

यस्तै स्थानिय तहको बिकासमा स्वदेशी र बिदेशी लगानीकर्ताहरुलाई प्रोत्साहन मुक्त कमैया,कमलहरी,हरुवा,हलीया,चरुवा जस्ता बर्गका लागि पुनस्थापना सम्बन्धी कार्यलाई अघि बढाईने कुरा समेत प्रतिबद्धता पत्रमा समाबेश गरिएको छ ।

प्रतिबद्धता पत्रमा पर्यटन,सडक संजाल,बिज्ञान प्रबिधिको उपयोग जलबिद्युत उत्पादनमा जोड,नागरिकता सम्बन्धी संबैधानिक व्यवस्थालाई व्यवहारमा कार्यान्वयन गराउने लगायतका कुारहरु समाबेश गरिएको छ ।

नेपाल लोकतान्त्रिक फोरम पार्टीमा राष्ट्रिय जनता पार्टी,नेपाल पिपुल्स पार्टी शान्ति पार्टी नेपाल र युनाइटेड नेपाल रिपब्लिकन पिपुल्स पार्टी समायोजना भएको आज कार्यक्रम गरी जानकारी दिइएको छ ।

त्यस अबसरमा अध्यक्ष गच्छदारले स्थानिय निर्बाचनमा सक्रिय भएर लाग्न नेता,कार्यकर्तालाई निर्देशन दिनुभयो ।

लोकतान्त्रिक फोरमका अध्यक्ष गच्छदारले राष्ट्रिय समस्याहरु समाधान गर्न प्रमुख दलहरु गम्भिरताका साथ लाग्नुपर्नेमा जोड दिंदै आप्mनो पार्टी हिमाल,पहाड,तराई मधेशका जनताको मन जित्नेगरि अघि बढ्ने बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web