काठमाडौं ।

महानगरीय प्रहरी परिसर काठमाडौँले वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनलाई ध्यानमा राखी सुरक्षा व्यवस्थालाई कडाइ गरेको छ ।

परिसरका प्रवक्ता प्रद्युम्नकुमार कार्कीले स्थानीय तहको निर्वाचनका समयमा कुनै पनि दुर्घटना नहोस् भन्ने उद्देश्यले महाशाखाले सुरक्षा व्यवस्थामा कडाइ गरेको जानकारी दिनुभयो ।

निर्वाचनका समयमा अप्रिय घटना नहोस् भन्ने उद्देश्यका साथ गुन्डागर्दी गर्दै हिँडेका ३४ जनालाई प्रहरीले नियन्त्रणमा लिई कानुनबमोजिम कारबाही गरेको परिसरले जनाएको छ ।

16.02¡ÆC