तेरिया पछि अर्की नेपाली चेली अन्तराष्ट्रिय प्रतियोगिताको फाइनलमा

बैशाख २४, २०७४ मा प्रकाशित | 5525 views

दीपक धिताल-जर्मनी

जर्मनीस्थित डिज्नी च्यानलले आयोजना गर्ने प्रतियोगिता ’सोए लुना–डाइन् आउफ्ट्रीट्’ मा नेपाली मुलकी मलिसा गुरुङ उत्कृष्ट पाँचमा छनौट भएकी छिन् । गायन र नृत्यकलासम्बन्धी उक्त ट्यालेन्ट शोको अन्तिम प्रतिस्पर्धाका लागि उनी छानिएकी हुन् ।

प्रतियोगितामा जर्मनीसहित स्वीट्जरल्याण्ड र अस्ट्रियाका अन्य प्रतियोगिलाई पछि पार्दै उनी उत्कृष्ट पाँचमा पर्न सफल भएकी हुन । जर्मनी ब्रेमेन निवासी ११ वर्षीय मलिसाको जर्मन भाषामा गाएको गीतसमेत सार्वजनिक छ ।

कार्यक्रम मे महिनाको पहिलो साता सोमबारदेखि शुक्रबारसम्म डिज्नी जर्मनीमा बेलुकी ८ बजे प्रदर्शन हुँदै आएको छ । प्रतियोगिताको बिजेता भने मे ५ बाट मे १८ सम्ममा प्राप्त हुने अनलाइन भोटको आधारमा तय हुनेछ ।

मलिसा अन्तराष्ट्रिय कलाकार संघका अध्यक्ष एवं एनआरएनए जर्मनीका सांस्कृतिक संयोजक बेल गुरुङकी छोरी हुन् ।

भारतीय टेलिभिजन शो मा आफ्नो प्रदर्शन देखाएर विजेता हुन सफल तेरिया मगरपछि मलिसा अन्तराष्ट्रिय प्रतियोगिताको फाइनलमा पुगेकी अर्की नेपाली चेली हुन् । फेरि एकपटक हामी आम नेपालीले मलिसालाई भोटिङ गरेर युरोप सहित विश्वमा नेपाली नाम उच्च पारेको अवसर जुटेको छ ।

भोट गर्न यो लिंकमा क्लिक गर्नुहोस् ।

http://gewinnspiele.disney.de/soy-luna-die-finalisten

प्रतियोगिताको बिजेताले पुरस्कार सहित डिज्नी कै प्रायोजनमा एक एल्बम निकाल्ने अबसर पाउने छन् ।

विजेताको घोषणा आगामी जुन ९ मा नेपाली समय बेलुकी १० बजेर ५५ मिनेटमा डिज्नी च्यानल, जर्मनीबाट गरिनेछ । अनलाईन भोटिङ् खुला भईसकेको अवस्थामा मलिसाले भिडियो मार्फत सम्पूर्णमा आफुलाई भोट गर्न अनुरोध गरेकी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web