भक्तपुर ।

भक्तपुरमा आज विहान खुकरी प्रहारबाट एक युवकको हत्या भएको छ। भापा घर भई गठ्ठाघर बस्दै आएका बर्ष ३२ का सौरव सुवेदीको खुकुरी प्रहारबाट हत्या भएको प्रहरीले जनाएको छ ।

मध्यपुर ठिमी नगरपालिका–३ गठ्ठाघर डेरा गरी बस्ने सुबेदी एसविआई बैंकको शाखा कार्यालय लैनचौरमा कार्यरत रहेका थिए ।

पोखरा स्थायी घर भएका सौरबकै फुपुको छोरा मध्यपुर ठिमी बस्ने २७ बर्षीय पारस कोईरालाले सौरभलाई खुकुरी प्रहार गरेको महानगरीय प्रहरी वृत थिमीका प्रमुख प्रहरी नायब उपरीक्षक श्यामवावु ओलियाले बताउनुभयो ।

खुकुरी प्रहार पछि गम्भिर घाईते भएका सुवेदीलाई ग्वार्को स्थित वि एण्ड वि अस्पताल लैजाने क्रममा मृत्यु भएको बताइएको छ ।

खुकुरी प्रहार गर्ने कोइरालालाई प्रहरीले पक्राउ गरेको छ। कोइराला मृतक सुवेदीको आफ्नै मामाको छोरा रहेको र के कारणले उनको हत्या गरेको भन्ने विषयमा हालसम्म केही नखुलेको र यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

17.43¡ÆC