सुर्खेत ।

सुर्खेतमा आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि तीन हजार बढी सुरक्षाकर्मी परिचालन गरिने भएको छ ।

स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्णरुपमा सम्पन्न गर्ने लक्ष्यका साथ सुरक्षाको व्यवस्था गरिएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानकारी दिनु भयो ।

उहाँले नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरी गरी तीन हजार बढी सुरक्षाकर्मी परिचालन गरिने योजना रहेको बताउनु भयो ।

नेपाली सेनाको टोली भने निर्वाचनस्थलभन्दा बाहिर बसेर सुरक्षाको व्यवस्था मिलाउने उहाँको भनाइ छ । आवश्यकता अनुसार उक्त संख्यामा सुरक्षाकर्मीको संख्या थपघट हुन सक्छ ।

सुर्खेतमा एक लाख ८४ हजार चार सय मतदाता रहेका छन् । दुई सय ४० मतदान केन्द्र र एक सय ३८ मतदान स्थल रहेको सुर्खेतमा पाँच नगरपालिका र चार गाउँपालिका पाँच सय १३ जना जनप्रतिनिधि निर्वाचित हुने छन् ।

17.58¡ÆC