रुकुम ।

रुकुम मुसिकोट नगरपालिका २ बान्नेचौरमा चुनाबी घरदैलो अभियान चलाईरहेको नेकपा माओबादी केन्द्रको कार्यक्रममा नेपाली काग्रेस कार्यकर्ताले आक्रममण गर्दा नेकपा माओबादीका आधा दर्जन कार्यकर्ता घाईते छन ।

घाईते हुनेहरुमा नेकपा माओबादी केन्द्रका कार्यकर्ता रमेश खड्का, सुवास खड्का, जीवन खड्का, डम्बर बिक, दल बहादुर खड्का, अनिल बुढा र भोग खबहादुर खड्का लगयातका कार्यकर्ता रहेको छ ।

आफ्नो चुनाबी कार्यक्रम भैरहेको बेला एक्कासी रेशम खड्का लगायातका काग्रेस कार्यकर्ताहरुले आफुहरुलाई आक्रमण गरेको नेकपा माओबादी केन्द्र मुसिकोट नगरपलिका २ नम्बर वडाका अधयक्ष उम्मेदवार नर बहादुर खड्काले बताए ।

नेपाली काग्रेसको पोष्टर च्यातेको निहुँमा उक्त घटना भएको बताईएको छ । आक्रमण भएलगतै प्रहरी घटनास्थलमा पुगेर संलग्न ४ जनालाई जिल्ला प्रहरी कार्यालय रुकुममा ल्याएको प्रहरीले बताएको छ ।

यसै बिच चुनाबको मिति नजिकिदै गर्दा जिल्लाका अन्य बिभिन्न ठाउँमा पनि नेपाली काग्रेस तथा नेकपा एमालेका कार्यकर्ता बिच झडप भएको बताईएको छ ।

हिजो रुकुमको चौरजहारी नगरपालिका १२ मा झडप हुँदा दुबै पार्टीका कार्यकर्ता घाईते भएको बताईएको छ ।

21.12¡ÆC