चट्याङ लागेर १ बालिकाको मृत्यु २ घाइते

बैशाख २३, २०७४ मा प्रकाशित | 720 views

सिन्धुली ।

सिन्धुलीमा चट्याङ लागेर आज एक जनाको ज्यान गएको छ भने २ जना घाइते भएका छन् ।

सुनकोसी गाउँपालिका ५ बन्दिपुरमा आज दिउँसो वर्षा संगै परेको चट्याङ लागेर घरमै बसिरहेकी १३ वर्षिय वालिका सुन्तली थापा मगरको ज्यान गएको हो ।

चट्याङबाट स्थानीय प्रमिला थापा मगर र आदित्यमाया तामाङ घाईते हुनुभएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक सुभाषचन्द्र बोहोराले जानकारी दिनुभयो ।

सिन्धुलीकै तीनपाटन गाउँपालीका २ मा भुइँमा लत्रेको बिजुलीको नाङ्गो तारबाट करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

स्थानिय ४७ बर्षिय खड्ग बहादुर श्रेष्ठको करेन्ट लागेर ज्यान गएको हो ।

विद्युत पोलहरु मर्मत गर्न प्राधिकरणलाई जानकारी गराउदा समेत प्राधिकरणले वेवास्ता गर्ने गरेको स्थानीय वासिन्दाको भनाई रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web