काठमाडौं ।

निर्वाचन आयोगले काठमाडौं महानगरपालिकाबाट मेयरमा उमेद्वारी दिएका साझा पार्टीका उमेद्वार किशोर थापालाई क्यामेरा चुनाव चिन्ह प्रदान गरेको छ ।

पहिलो चरणको स्थानीय तह चुनाव अन्र्तगत बैशाख ३१ गते हुने निर्वाचनको लागि काठमाडौंका मुख्य निर्वाचन अधिकृतको कार्यालयले मेयर उमेद्वार किशोर थापालाई म्यामेरा चुनाव चिन्ह दिएको हो ।

यसैगरि साझा पार्टीकै तर्फबाट काठमाडौंको उपमेयरमा उमेद्वार बनेकी अधिवक्ता निरुपमा यादवलाई सेलरोटीको चाङ चुनाव चिन्ह दिएको साझा पार्टीले जनाएको छ ।

सँधै विद्यमान राजनीतिक दलहरुको विकल्प खोजिएपनि नपाएको बताउने मतदातालाई बिकल्प छ सक्षम र निश्कलंकीत उमेद्वार उठाएको बताएको साझा पार्टीले निर्वाचनमा भोल हाल्ने बेलामा क्यामेरा सम्झन भन्दै राजधानी काठमाडौंको मुहार फेर्नको लागि पनि साझा पार्टीका मेयर उमेद्वार किशोर थापालाई मतदान गर्न सबै काठमाडौंबासीहरुमा अनुरोध गरेको छ ।

थप पढ्नुहोस्

काठमाडौंमा मेयर उपमेयर उमेद्वारी दर्ता, चर्चा साझा पार्टी र विवेकशिल नेपालीको

सडकमा उत्रिएर नागरिकले भने-'दृढ बन सुशीला, हामी तिम्रो साथमा छौं' (फोटो/भिडियो)

20.12¡ÆC