साझा पार्टी ललितपुर मेयर उमेदवारलाई क्यामरा र उपमेयरलाई इनार चुनाव चिन्ह

बैशाख २२, २०७४ मा प्रकाशित | 2622 views

ललितपुर ।

साझा पार्टीको तर्फबाट ललितपुर जिल्लाको मेयरमा उठ्नुभएका रमेश महर्जनले क्यामरा चुनाव चिन्ह पाउनुभएको छ ।

ललितपुर स्थानिय निर्वाचन कार्यालयले उपमेयर उमेद्वार शोभा शाक्यलाई भने ईनारको रिंग अंकित चुनाव चिन्ह दिएको छ ।

साझा पार्टीले आफ्नो आधिकारीक फेसबुक मार्फत उमेद्वार द्धयले पाएको चुनाव चिन्हको तस्विर सार्वजनिक गरेको हो ।

कृषक परिवारमा जन्मिएर रत्न आभुषण व्यवसायमा लागेका ५३ वर्षीय रमेश महर्जन नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अध्यक्ष समेत रहेका छन् ।

महर्जनले विसं २०७२ को महाभूकम्पपछि पाटनको पिलाँछेलाई पर्यटन र सँस्कृतिको केन्द्र बनाउने अठोट गरेर स्थानीयवासीको सहभागीतामा झण्डै १०० भवनलाई परम्परागत नेवास् वास्तुकलामा पुनर्निर्माण गर्ने कार्यको नेतृत्व गरिरहेका छन् ।

यसैगरि ललितपुरबाट सपमेयरको उमेद्वारी घोषणा गरेकी ५४ बर्षीय शोभा शाक्य पाटनको रूद्रवर्ण महाविहार परिसरमा जन्मेकी हुन् ।

बुवा बहादुर शाक्यबाट असल नेतृत्व क्षमता सिकेको बताउने शाक्य हाल शाक्यसिंह विहारकी उपाध्यक्ष समेत रहेकी छिन् ।

शाक्यले पाटन औद्योगिक क्षेत्रमा रहेको आफ्नो उन तथा हस्तबुनाई कारखानामा ५०० भन्दा बढी महिला कामदारलाई रोजगारी दिएकी छिन् ।

साझा पार्टीले असल राजनीतिक तथा सामाजिक मूल्य र मान्यतालाई प्रतिनिधित्व गर्ने रमेश महर्जन र शोभा शाक्यलाई ललितपुर महानगरपालिका प्रमुख र उपप्रमुखको उमेदवारको रूपमा समर्थन गरेको जनाएको छ ।

साझा पार्टीबाट काठमाडौं महानगरपालिकाको लागि मेयरमा उमेद्वार दिनुभएका किशोर श्रेष्ठ र उपमेयर उमेद्वार निरुपमा यादवले पनि आजै चुनाव चिन्ह पाउनुहुनेछ ।

साझा पार्टीले आफ्ना उमेद्वारले पाएको चुनाव चिन्ह आजै सार्वजनिक गर्ने बताएको छ भने ललितपुरका मेयर उपमेयर उमेद्वारसँगै आजै साँझ ७ बजे फेसबुक पेज मार्फत प्रत्यक्ष संवाद प्रशारण गर्दैछ ।

यसअघि साझा पार्टीले हिजो काठमाडौं महानगरका मेयर उपमेयर उमेद्वारद्धयसँग फेसबुक पेज मार्फत संवाद गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web