प्रधानमन्त्रीसँग हंगेरियन राजदूत पेथोको भेट

बैशाख २२, २०७४ मा प्रकाशित | 798 views

काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहालसँग नेपालका लागि हंगेरियन राजदूत ग्युला पेथोले भेट गर्नुभएको छ । शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा दुईपक्षीय, विकास र समसामयिक राजनीतिक परिस्थितिका विषयमा कुराकानी भएको थियो ।

भेटमा प्रधानमन्त्रीले विश्व विकासको बहुआयमिक सम्भावनातिर लम्किरहेको र नेपालले पनि राजनीतिक स्थिरता, विकास र समृद्धिको मार्ग पछ्याइरहेको बताउनुभयो । प्रधानमन्त्रीले भन्नुभयो, ‘अहिलेको विश्व विकासको बहुआयमिक सम्भावनातिर लम्किरहेको छ । नेपालले पनि विकास र समृद्धिको मार्ग पछ्याइरहेको छ । यस वर्ष हामीले नेपालमा लगानी सम्मेलन ग¥यौं । लगानीका निम्ति अनुकूल वातावरण बनिरहेको छ, आर्थिक वृद्धिदर विगतको तुलनामा उत्साहवद्र्धक छ, राजनीतिक स्थिरताको वातावरण बनिरहेको छ ।’

भेटमा प्रधानमन्त्रीले नेपाल सरकारले घोषणा गरेको स्थानीय तह निर्वाचनमा सम्पूर्ण पार्टीहरु होमिएको पेथोलाई जानकारी दिनुभयो । प्रधानमन्त्रीले निर्वाचनले जनतामा ठूलो उत्साह पैदा गरेको र एकैचोटी हजारौं जनप्रतिनिधिहरु निर्वाचित भएर आउँदा राजनीतिक स्थिरता र विकासले गति लिने बताउनु भयो ।

भेटका अवसरमा राजदूत पेथोले पछिल्लो समयमा नेपालले हासिल गरेको आर्थिक प्रगतिप्रति खुसी व्यक्त गर्दै नेपालको विकास र राजनीतिक स्थिरताका लागि हंगेरियाको सधैं सहयोग र सद्भाव रहने बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web