भक्तपुरमा ३१ जनाले उम्मेदवारी फिर्ता लिए

बैशाख २२, २०७४ मा प्रकाशित | 781 views

भक्तपुर ।

आगामी ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि भक्तपुरका चारवटा नगरपालिकामा कूल १ सय ९८ पदका लागि कूल १ हजार ११ जनाले उम्मेदवारी दर्ता गराएकोमा ३१ जनाले आज फिर्ता लिएका छन् ।

जसअनुसार मध्यपुर थिमि नगरपालिकामा १४,चाँगुनारायण नगरपालिकामा १२,सुर्यबिनायक नगरपालिकामा ४ र भक्तपुर नगरपालिकामा १ जनाले उम्मेदवारी फिर्ता लिएको जिल्ला निर्वाचन कार्यालयका अधिकारी उमेश राईले जानकारी दिनुभयो ।

उम्मेदवारी फिर्ता लिनेमा अधिकांश साना पार्टीका र स्वतन्त्र उम्मेदवार रहेका छन् ।

उहाँका  अनुसार मेयर एक, उपमेयर एक, वडा अध्यक्ष एक, खुल्ला वडा सदस्य दुई, दलित महिला एक र महिला एक गरि कूल ७ वटा पदका लागि चाँगुनारायणमा २९१, भक्तपुरमा २२२, मध्यपुरथिमिमा २१६ र सूर्यविनायक नगरपालिकमा २८२ जनाले मंगलबार उम्मेदवारी दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web