भीमफेदीमा काँग्रेस माओवादी एलायन्स, मनहरीमा आन्तरिक सहमति

बैशाख २१, २०७४ मा प्रकाशित | 885 views

मकवानपुर ।

स्थानीय तहको निर्वाचनको लागि काँग्रेस र माओवादी केन्द्रले मकवानपुरको भीमफेदी गाउँपालिकामा पनि तालमेल गरेको छ । तालमेलबाट गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका रञ्जितकुमार राना मगर र उपाध्यक्षमा काँग्रेसका मोमलाल दोङलाई उम्मेदवार बनाइएको छ ।

यता मनहरी गाउँपालिकामा तालमेलको प्रयास सफल हुन नसकेपनि आन्तरिक सहमतिमा अघि बढ्ने माओवादी र काँग्रेसका जिल्ला नेताहरुले बताएका छन् । ‘सत्ता साझेदार दल भएको कारण देशव्यापी रुपमा सुरु भएको मिलेरै चुनावमा सहभागी हुने नीति अनुरुप मकवानपुरका केही स्थानमा एलायन्स गरेका हौं’, माओवादी केन्द्र मकवानपुर संयोजक प्रेमबहादुर पुलामी छिन्तुले भने, ‘एलायन्स भएका नगर तथा गाउँपालिकाको वडामा समेत मिलेर सहमतिको आधारमा चुनावी प्रक्रियामा सहभागी हुनेछौँ ।’

एलायन्समा ‘ब्याक’ हुने सबै महिला

काँग्रेस र माओवादी केन्द्रले एलायन्स गरी हेटौंडा उपमहानगरपालिका र थाहा नगरपालिकामा नयाँ गठबन्धन गरेको छ । दुवै नगरबाट प्रमुख पदबाट उम्मेदवारी फिर्ता लिएका चारै उम्मेदवार महिला रहेका छन् । मकवानपुरको २ नगरमा मेयर र उपमेयर पदमा भागबण्डा गरेको दुवै दलले नगर प्रमुख तथा उपप्रमुखमा महिलालाई उम्मेदवार नबनाउने पक्कापक्की भएकोछ ।

हेटौंडाको मेयर पदबाट माओवादीका कुमारी मोक्तान र उपमेयर पदबाट काँग्रेसका लक्ष्मीदेवी श्रेष्ठको उम्मेदवारी फिर्ता भएको हो । यस्तै थाहा नगरमा मेयर पदबाट काँग्रेसका पवित्रा महत र उपमेयर पदबाट माओवादी केन्द्रका शकुन्तला गोपालीको उम्मेदवारी पार्टीले फिर्ता लिन लगाएको हो ।

२ नगरको प्रमुख तथा उपप्रमुखको ४ पदमा एकजना पनि महिला उम्मेदवार नभएको भन्दै काँग्रेस र माओवादी केन्द्रका केही महिला नेतृहरुले पार्टी कार्यालयदेखि सामाजिक सञ्जालसम्म असन्तुष्टी जनाइरहेका छन् ।

मेयर पदमा दाजुभाईको भिडन्त पक्का

स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगरपालिकामा मेयर पदमा सहोदर दाजुभाईको भिडन्त हुने भएको छ ।

उम्मेदवारी फिर्ता लिनको लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको समयसीमा भित्र उम्मेदवारी फिर्ता नभएपछि नेकपा एमालेका हरिबहादुर महत र मालेका भीमसेन महतको बीचमा हेटौंडाको मेयर पदका लागि चुनावी भिडन्त हुने भएको हो ।

हरिबहादुर एमालेका जिल्ला सचिवालय सदस्य एवम् पूर्व उपमेयर हुन् भने भीमसेन मालेका केन्द्रीय सदस्य एवम् जिल्ला सचिव हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web