निर्वाचन बिरोधी गतिविधि गर्ने बिप्लवका कार्यकर्ता रोल्पा र सल्यानबाट पक्राउ

बैशाख २१, २०७४ मा प्रकाशित | 969 views

दाङ ।

चुनाव विरोधी गतिविधी गर्नखोजेको आरोपमा सल्यान र रोल्पामा ४ जना पक्राउ परेका छन् । स्थानीय तहको निर्वाचन विरोधी गतिविधी गर्न खोजको भन्दै विप्लव नेतृत्व कम्युनिष्ट पार्टीका रोल्पामा दुई  र सल्यानमा  दुइ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा सुनछहारी गाउँपालिका ५ निबासी हीतलाल पुन र सोही ठाउँ निबासी रामबहादुर पुन रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख तथा प्रहरी नायब उपरिक्षक रामबहादुर घर्तीले जानकारी दिए ।

उनीहरुलाई लिबाङ बजारबाट विहान पक्राउ गरिएको हो । निर्वाचनका विरुद्ध सूचना प्रभाह गर्नेगरि बजारमा सांस्कृतिक कार्यक्रम गर्न लागेको जानकारी पाए पछि पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक  घर्तीले जानकारी दिए ।

जिल्लामा चुनाव विरोधी गतिविधी गरेको भन्दै कम्युनिष्ट पार्टीका कार्यकर्ता पक्राऊ परेको यो पहिलो घटना भएको प्रहरीले बताएको छ । उनिहरुले गरेका गतिविधीका आधारमा कुन ऐनले मेल खान्छ त्यही अनुसार कार्वाही गरिने बताइएको छ ।

निर्वाचन नजिकिदै गर्दा कम्युनिष्टपार्टीले चुनाबी गतिविधीलाई तिब्र बनाउ सक्ने भन्दै पक्राउ गर्न कडा निर्देशन आएको प्रहरीले बताएको छ ।

त्यसैगरी  सल्यानको बागचौर नगरपालिका निवासी टोप बहादुर डांगी र दार्मा गांउपालिका –३ का मोहन केसी लाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने दुवै जना नेपाल कम्युनिष्ट पार्टी विप्लब माओवादीका रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

बैशाख ३१ गते हुन लागेको निर्वाचन विरोधी प्रचार प्रसार गरी रहेको अवस्थामा उनिहरुलाई पक्राउ गरिएको प्रहरीनायब उपरिक्षक श्याम बहादुर खत्रीले जनाएका छन । डांगीलाई बैशाख २१ गते र केसीलाई बैशाख २० गते पक्राउ गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web