नुवाकोटमा पाँच गुणा बढीले उम्मेदवारी दिए

बैशाख २१, २०७४ मा प्रकाशित | 927 views

२१ बैशाख, नुवाकोट । स्थानीयतहको निर्वाचनका लागि नुवाकोटमा ४ सय ६४ पद जनप्रतिनिधि निर्वाचित गर्न  पाँच गुणाबढी उम्मेदवारी दर्ता भएको छ । दुई नगरपालिका र १० गाँउपालिका रहेको नुवाकोटमा बैशाख ३१ गते हुने निर्वाचनको लागी २,००७ जनाले उम्मेदवार मनोनय दर्ता गरेका छन् । विदुर नगरपालिकामा ६७ पदको लागी ३१६ जना, बेलकोटगढी नगरपालिकामा ६७ पदको लागी २८२ जना, दुप्चेश्वर गाँउपालिकामा ३७ पदको लागी १४७ जना, पञ्चकन्या गाँउपालिकामा २७ पदको लागी ११६जना, तादि गाँउपालिकामा ३२ पदको लागी १३७ जनाले उम्मेदवार मनोनयन दर्ता गराएका छन् ।
यस्तै, सुर्यगढी गाँउपालिकामा २७ पदको लागी १०८ जना, ककनी गाँउपालिकामा ४२ पदको लागी १८६, शिवपुरी गाँउपालिकामा ४२ पदको लागी १७९ जना, तारकेश्वर गाँउपालिकामा ३२ पदको लागी ११५ जना, मेघाङमा ३२ पदको लागी १४० जना, किस्पाङ गाँउपालिकामा २७ पदको लागी ११७ जना, लिखु गाँउपालिकामा ३२ पदको लागी १६४ ले उम्मेदवारी दिएको सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको उम्मेदवार मनोनयन दर्ताको नामावलीमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web