रसुवा ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रसुवा नौकुण्ड गाउँपालिका–१ र २ का वडा सचिव राजेन्द्रकुमार आचार्य र सोही कार्यालयका कार्यालय सहयोगी श्लोक लामालाई घुस रकमसहित पक्राउ गरेको छ ।

स्थानीयलाई केरुङ नाका हुँदै चीन प्रवेशका लागि अध्यागमन कार्यालयबाट प्रवेशाज्ञा लिनका लागि आवश्यक पर्ने सिफारिसका लागि सेवाग्राहीसँग सचिव आचार्यले एक लाख तिस हजार र कार्यालय सहयोगी लामाले तीन लाख बीस हजार घुस लिँदै गरेको अवस्थामा आज अख्तियारले पक्राउ गरेको हो ।

उनीहरूमाथि आवश्यक अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

19.29¡ÆC