उम्मेदवार नामावली प्रकाशन १ बजे, नाम फिर्ता लिने समय अपराह्न ५ बजे

बैशाख २०, २०७४ मा प्रकाशित
Published at 2017-05-03

596 views

काठमाडौं ।

तीन प्रदेशका २ सय ८३ स्थानिय तहमा वैशाख ३१ गते हुने निर्वाचनका लागि हिजो भएको उम्मेदवारी मनोनयनको नामावली प्रकाशन र नाम फिर्ताका लागि भोलिको समय तोकिएको छ ।


निर्वाचन आयोगले मनोनयन दर्ता गरेका उम्मेदवारको नामावली प्रकाशन भोलि  दिउँसो १ बजे र नाम फिर्ता लिने समय भोलि अपराह्न ५ बजेसम्म तोकेको छ ।


आयोगले स्थानीय तहको पहिलो चरणको कुनै उम्मेदवारविरुद्ध दाबी विरोध भए उजुरी दिन आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मको समय तोकेको थियो ।


वैशाख २२ गते शुक्रवार उम्मेदवारको अन्तिम नामावली प्रकाशन र उम्मेदवारलाई चिह्न प्रदान गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.