काठमाडौं ।

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले सरकारले दुई चरणको निर्वाचनका बीचमा संविधान संशोधन गर्ने प्रतिबद्धता जनाएकाले निर्वाचन प्रक्रियामा भाग लिएको बताउनुभएको छ ।

आज पार्टी केन्द्रीय कार्यालय तीनकुनेमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले दोश्रो चरणको स्थानीय तह निर्वाचन प्रक्रिया अघि बढाउनु अघि नै संविधान संशोधन गर्नुपर्ने बताउनुभयो ।

उहाँले प्रधानन्यायधीशविरुद्ध ल्याइएको महाभियोग प्रस्तावले लोकतन्त्र र न्यायिक स्वतन्त्रतामाथि असर पार्ने भएकाले तत्काल प्रस्ता फिर्ता लिन माग गर्नुभयो ।

24.12¡ÆC