निर्वाचनको वातावरण उत्साहपूर्ण बन्दैछः प्रमुख आयुक्त

बैशाख २०, २०७४ मा प्रकाशित | 724 views

काठमाडौं ।

प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवले स्थानीय तहको पहिलो चरणको निर्वाचनको मनोनयनपछि निर्वाचनको वातावरण अझ उत्साहपूर्ण बन्दै गएको बताउनुभएको छ ।

बहिरा नागरिकका लागि स्थानीय निर्वाचनसम्बन्धी आज काठमाडौंमा आयोजना गरिएको प्रशिक्षण कार्यक्रममा प्रमुख आयुक्त डा. यादवले आज बिहानदेखि नै उम्मेदवारहरू निकै उत्साहपूर्वक र खुशीयालीका साथ झण्डा र दलको चुनाव चिह्नसहित निर्वाचन प्रचार प्रसारमा जुटिसकेको जानकारी दिनुभयो ।

प्रमुख आयुक्त डा. यादवले राजनीतिक दल र उम्मेदवारले निर्वाचनको प्रचार प्रसारको क्रममा हुन सक्ने तडक भडक र आचारसंहिताको पालना गरे/नगरेको बारे अनुगमन र निगरानी गर्न सुझाव दिनुभयो ।

आयोगका सचिव गोपीनाथ मैनालीले बाजागाजासहित शान्तिपूर्ण र उत्साहित रुपमा भएको उम्मेदवारी मनोनयन दर्ताले निर्वाचनसम्बन्धी सबै द्विविधा अन्त्य गरेको बताउनुभयो ।

कार्यक्रममा ३८ जिल्लाबाट आएका बहिरा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web