देशलाई एकताबद्ध बनाउने दिशामा सरकार सफलः प्रधानमन्त्री

बैशाख २०, २०७४ मा प्रकाशित | 567 views

काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचन सम्पन्न गरी देशलाई एकताबद्ध बनाउने दिशामा सरकार सफल भएको बताउनु भएको छ ।

राष्ट्रिय विकास समस्या समाधान समितिको आज वसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले संविधानले प्रदान गरेको संघ, प्रदेश र स्थानीय तहको अधिकार अनुसार सेवा प्रवाह र विकास निर्माणका कार्यहरु निर्वाध रुपमा सञ्चालन गर्ने गरी जनशक्ति समायोजनको व्यवस्था गर्न मन्त्री तथा सचिवहरुलाई निर्देशन दिनुभयो ।

उहाँले बाँकी दुई महिनाको अवधिमा पुँजीगत खर्च ८० प्रतिशत पु¥याउने गरी काम गर्न पनि मन्त्री र सचिवहरुलाई निर्देशन दिनुभयो ।

उहाँले योजना तथा बजेट पद्धतिलाई संघात्मक ढाँचामा परिवर्तन गरी तीन तहबाट सञ्चालन गर्न, आवश्यक पर्ने साधन स्रोतको न्यायोचित बाडफाँड गर्न र हाल सञ्चालनमा रहेका विकास कार्यक्रम तथा आयोजनाहरुलाई संघ प्रदेश र स्थानीय तहबाट सञ्चालन हुने गरी अघि बढ्न पनि मन्त्रालयहरुलाई निर्देशन दिनुभयो ।

प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय गौरवका आयोजनामा समावेश हुनका लागि आवश्यक आधारहरु र पाउने विशेष सुविधा समेटिएको प्रस्ताव तयार पार्न राष्ट्रिय योजना आयोगलाई निर्देशन दिनुभयो ।

राष्ट्रि योजना आयोगका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्रीले काठमाडौं–तराई दु्रतमार्ग, निजगढ र पश्चिम सेतीजस्ता आयोजना अगाडि बढ्न नसकेकोप्रति असन्तुष्टि व्यक्त गर्दै एक महिनाभित्र सम्बन्धित आयोजनालाई अगाडि बढाउनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web