काठमाडौं ।

काठमाडौं उपत्यकामा आसन्न बैशाख ३१ गतेको स्थानिय निकाय निर्वाचनको लागि सबै दल र स्वतन्त्र उमेद्वारहरुले उमेद्वारी दर्ता गराएका छन् ।

काठमाडौं महानगरपालिकामा ठूला भनिएका तीन दलले मनोनयन दर्ताको केही समयअघि मात्र उमेद्वार छान्न सक्दा पछिल्लो समय चर्चामा आएको साझा पार्टी नेपाल र विवेकशिल नेपालीले भने दुई साता अघिनै आफ्ना उमेद्वार घोषणा गरेको थियो ।

साझा पार्टीले स्वतन्त्र रुपमा उमेद्वारी दिएका मेयर उमेद्वार किशोर थापा र उपमेयरमा निरुपमा यादवको चर्चा पछिल्लो समय सामाजिक सञ्जाल सहित काठमाडौं उपत्यकामा बढि भएको पाइन्छ । यसैगरि युवा उमेद्वारलाई मेयरमा उठाएको विवकेशील नेपालकी रञ्जु दर्शनाले पनि आफ्नो उमेद्वारी दर्ता गराएकी छिन् ।

त्यसबाहेक शिर्ष भनिएका दलमध्ये काठमाडौं महानगरपालिकामा नेपाली काँग्रेसबाट राजुराज जोशी ले मेयरमा तथा हरिप्रभा खड्गीले उपमेयरमा उम्मेदवारी दर्ता गराएका छन् ।

नेकपा एमाले र राप्रपाका तर्फबाट संयुक्त रुपमा काठमाडौं महानगरपालिकामा एमालेका विद्यासुन्दर शाक्य मेयरमा तथा राप्रपाका राजाराम श्रेष्ठले उपमेयरमा उम्मेदवारी दर्ता गराएका छन् ।

त्यसैगरी नेकपा माओवादी केन्द्रका तर्फबाट काठमाडौं महानगरपालिकाको मेयरमा सर्वोत्तम डङ्गोल र उपमेयरमा सुशीला पौडेलले उम्मेदवारी दिनुभएको छ ।

यस्तै संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टीले संयुक्त उम्मेदवारी दिएका छन् ।

सडकमा उत्रिएर नागरिकले भने-'दृढ बन सुशीला, हामी तिम्रो साथमा छौं' (फोटो/भिडियो)

'प्रधान न्यायाधिशमाथिको महाअभियोग प्रतिशोधात्मक'-साझा पार्टी

साझा पार्टी समर्थनमा लतिलपुरबाट मेयरमा रमेश महर्जन र उपमेयरमा शोभा शाक्यको उमेद्वारी

निरुपमा यादव साझा पार्टीबाट काठमाडौंको उपमेयर उमेद्वार

23.12¡ÆC