आईजिपि देखी सर्वोच्च अदालत हस्तक्षेपका नाईके देउवाको पुत्ला उनकै कार्यकर्ताले जलाए

बैशाख १९, २०७४ मा प्रकाशित | 997 views

जुम्ला ।

पछिल्लो समय चरम राजनीतिक विवादमा मुछिएका नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाको पुत्ला उनकै कार्यकर्ताहरुले जलाएका छन् ।

नेपाल प्रहरीमा आफ्नै जिल्लाको महानिरिक्षक हुनुपर्ने भन्दै हस्तक्षेप गरेका देउवा पछिल्लो पटक सर्वोच्च अदालतले आफु अनुसार निर्णय नगरेको भन्दै प्रधानन्यायाधिशमाथि महाअभियोग लगाएपछि व्यापक आलोचना खेप्दै आइरहेका छन् ।

सुरक्षा निकाय देखी न्यायालयमा समेत हस्तक्षेप गरेका देउवाले आफ्नै कार्यकर्ताहरुले सिफारिस गरेका मेयर उम्मेदवारलाई लत्याएर निकटका कार्यकर्तालाई मेयर उम्मेदवार बनाएको भन्दै जुम्लाका कार्यकर्ताले देउवाको पुत्ला जलाएका हुन् ।

चन्दननाथ नगरपालिकाको मेयर पदका लागि केन्द्रबाट हस्तक्षेपकारी भूमिका निर्वाह गरेको भन्दै असन्तुष्ट पक्षले जुम्ला बजारमा विरोधसहित पुतला जलाएका हुन् ।

कार्यकर्ताले समग्र नेपाली कांग्रेस जुम्लाले चयन गरेका व्यत्तिलाई टिकट नदिएर केन्द्रबाट हस्तक्षेप गरी कान्तिका सेजुवाललाई नगरपालिकाको मेयर पदको टिकट दिएको भन्दै असन्तुष्टी जनाएका छन् ।

पूर्व जिल्ला सभापति मानव सेजुवालकी पत्नी कान्तिका सेजुवालले चन्दननाथ नगरपालिकाको मेयर पदका लागि उम्मेदवारी दर्ता गरेकी छिन् ।

नेतृत्वले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी चयनमा हस्तक्षेप गरेको भन्दै जुम्ला बजारमा नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुले विरोध जनाएका छन् । नगरपालिका र गाउंपालिकाको प्रुमख र उप प्रमुखको टिकट वितरणमा केन्द्रले हस्तक्षेप गरेको भन्दै विरोध जनाएका हुन ।

जिल्ला कार्यसमितिलाई दिइएको अधिकार अनुसार जिल्ला कार्यसमितिले नगर प्रमुखमा राजुसिंह कठायतलाई बहुमतीय प्रणालिबाट सिफारिस गरेपनि केन्द्रबाट मंगलबार विहान मात्रै कान्तिका सेजुवाललाई टिकट दिएपछि विरोध शुरु भएको हो ।

कार्यकताहरुले संसद ललितजंग शाही र जिल्ला कार्यसमितिका पदाधिकारीहरुको राजीनामा माग गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web