काठमाडौं ।

यही वैशाख ३१ गते आइतबार हुने स्थानीय तह निर्वाचनका लागि तीनवटा प्रदेशका ३४ जिल्लाका २ सय ८३ स्थानीय तहमा आज बिहान १० बजेबाट उम्मेदवारी मनोनयन दर्ता सुरु भएको छ ।

पहिलो चरणमा प्रदेश ३, ४ र ६ मा सञ्चालन हुने निर्वाचनमा तीन वटै प्रदेशमा गरी ४ वटा महानगरपालिका, १ उपमहानगर, ९२ वटा नगरपालिकाका मेयर, उपमेयर तथा १ सय ८६ वटा गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष पदका लागि मनोनयन दर्ता भइरहेको छ ।

यसैगरी, महानगरका १ सय २३, उपमहानगरका १९, नगरपालिकाका १ हजार ९१ र गाउँपालिकाका १ हजार ३ सय ६५ गरी जम्मा २ हजार ५ सय ९८ वडाध्यक्षका लागि मनोनयन हुँदैछ ।

साथै कुल २ हजार ५ सय ९८ वडाका लागि चार सदस्यका दरले १० हजार ३ सय ९२ वडा सदस्य पदका लागि मनोनयन हुने छ । २ हजार ५ सय ९८ वडा सदस्यमा महिला, २ हजार ५ सय ९८ दलित महिला गरी ५ हजार १ सय ९६ वडा सदस्य पदका लागि महिलाको उम्मेदवारी हुने आयोगले जनाएको छ ।

प्रदेश ३, ४ र ६ का ३४ जिल्लाको २ सय ८३ स्थानीय तहका लागि हुने निर्वाचनमा कुल ४९ लाख ५६ हजार ९ सय २५ मतदाता रहेका छन् । निर्वाचन प्रयोजनका लागि ६ हजार ६ सय ४२ मतदान केन्द्रमा मतदान हुनेछ ।

महिला, दलित, अल्पङ्ख्यक समुदाय वा आर्थिकरूपले विपन्न उम्मेदवारले उम्मेदवारी मनोनयन गर्नका लागि आवश्यक पर्ने दस्तुरमा ५० प्रतिशत छुट दिने व्यवस्था रहेको छ ।

उम्मेदवारी दर्ताका लागि आज बिहान १० देखि अपरान्ह ५ बजेसम्मको समय तय गरिएको छ ।

24.12¡ÆC