बिराटनगर ।

अखिल नेपाल महिला संघ मोरङले प्रधानन्यायाधीश सुशिला कार्कीमाथि लगाएको महाअभियोग प्रस्ताव विरुद्ध हस्ताक्षर अभियान थालेको छ

विराटनगरको ट्राफिक चौकमा अनेमसंघले महाअभियोग विरुद्ध हस्ताक्षर अभियान संकलन गर्न कार्य थालेको हो ।सरकारले दुई दिन अघि प्रधानन्यायाधीस कार्कीमाथि संसदमा महाअभियोगको प्रस्ताव लगेको थियो

सरकारले पूर्वाग्रही रुपमा प्रस्तुत भएकाले प्रधानन्यायाधीश कार्कीमाथिको महाअभियोग प्रस्ताव खारेजीको माग गदै हस्ताक्षर अघियान संकलन गरिएको अनेम संघ मोरङका इन्चार्ज योशदा अधिकारीले जानकारी दिनुभयो ।

अनेमसंघले आयोजना गरिएको हस्ताक्षर अभियान संकलन भएपछि भोली जिल्ला प्रशासन कार्यालय मोरङ मार्फत प्रधानमन्त्री पुष्पकमल दाहाललाई पठाइने अनेमसंघका केन्द्रिय सदस्य समेत रहेकी अधिकारीले जानकारी दिनुभयो ।

प्रधानन्यायाधीश कार्की्बिरुद्धा संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव तत्काल् खारेज गर्न माग गदै दवाव वढेको छ ।

22.7¡ÆC