राप्रपाद्धारा सरकार छाड्ने निर्णय, प्रचण्ड सरकार अल्पमतमा

बैशाख १८, २०७४ मा प्रकाशित | 1452 views

काठमाडौं ।

राजनीतिक प्रतिशोधकै कारण सर्वोच्च अदालतका प्रधानन्यायाधिश सुशीला कार्कीमाथि महाअभियोग लगाउने काँग्रेस माओवादीको निर्णयमा असहमती जनाउँदै कमल थापा नेतृत्वको राप्रपाले सरकार छाड्ने निर्णय गरेको छ ।

प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव अनुचित, अनैतिक र न्यायिक स्वतन्त्रतामाथिको हस्तक्षेप भन्दै राप्रपाले यसको विपक्षमा उभिने निर्णय गर्दै सरकार छाडेको हो ।

सरकारमा सहभागी भएको प्रमुख सत्ता घटकलाई समेत थाहा नदिई महाअभियोग प्रस्ताव दर्ता गर्नुले सरकारमा बसिरहनुको औचित्य समाप्त भएको ठहर गर्दै राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

भोलि आउनसक्ने फैसलालाई हेरेर गरिएको यो निर्णय अपरिपक्व र हतास मानसिकताको उपज हो राप्रपा अध्यक्ष कमल थापाले भने महाभियोग प्रस्तावको बिरोध गर्दै प्रचण्डको नेतृत्वमा गठित वर्तमान मन्त्रिपरिषदबाट राप्रपा अलग हुने तथा सरकारलाई दिएको समर्थन फिर्ता लिने बैठकले निर्णय गरेको छ ।

राप्रपाले महाअभियोग प्रस्ताव फिर्ता लिन र मुलुकलाई अस्थिरता र संकटबाट जोगाउन कांग्रेस र माओवादीलाई सुझाव समेत दिएको छ ।

राप्रपाले सरकारबाट फिर्ता भएपनि संविधान संशोधन र स्थानीय तहको निर्वाचनमा भने सहयोग गर्ने उसले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web