काठमाडौं ।

राजनीतिक प्रतिशोधका आधारमा प्रधानन्यायाधिश सुशीला कार्कीमाथि महाअभियोग लगाएका प्रधानमन्त्रीलाई सबै दललाई मिलाएर अघि बढ्न राष्ट्रपति विद्यादेवी भण्डारीले सुझाव दिएकी छिन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महाअभियोग प्रस्तावले असहज परिस्थिति आएपछि छलफलका लागि बलाएकी राष्ट्रपतिले यस्तो सुझाव दिएकी हुन् ।

पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी गराउन राष्ट्रपति कार्यालय, शीतल निवास बोलाइएका प्रधानमन्त्री पुष्पकमल दाहालले महाभियोगले निर्वाचनलगायत काममा कुनै असर नपर्ने दाबी गरेपनि परिस्थिति प्रतिकुल बन्दै जाँदा राष्ट्रपतिले सुझाव दिएकी हुन् ।

राष्ट्रपतिले प्रधानमन्त्रीसँग प्रधानन्यायाधीशविरुद्धको महाअभियोग र त्यसपछि उत्पन्न हुने राजनीतिक परिस्थितीबारे जिज्ञासा राखेपछि प्रधानमन्त्रीले पहिलो चरणको निर्वाचनलाई यसले कुनै असर नपर्ने भन्दै राष्ट्रपतिलाई विश्वस्त पार्ने कोसिस गरेका थिए ।

दाहालले पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी गराएपछि राष्ट्रपति भण्डारीले सबै दल मिलेर राजनीतिक समस्याको समाधान निकाल्न सुझाव दिएकी थिइन् । राष्ट्रपतिको कार्यालय शितलनिवासमा राष्ट्रपति र प्रधानमन्त्रीवीच करिब एक घन्टा छलफल भएको थियो ।

21.12¡ÆC