काठमाडौं ।

सर्वोच्च अदालतकी प्रधानन्यायाधिश सुशिला कार्कीमाथि राजनीतिक प्रतिशोधले महाअभियोग लगाएका प्रधानमन्त्री पुष्पकमल दाहालले यसमा सघाउन भन्दै छलफलका लागि एमालेका अध्यक्ष केपी ओलीलाई बोलाएपछि अहिले सिंहदरबारमा भेटवार्ता भइरहेको छ ।

आगामी बैशाख ३१ गतेका लागि तोकिएको चुनाव अब के हुने गृहमन्त्रीले समेत पदबाट राजिनामा दिएपछि भन्ने विषय उठिरहँदा दाहालले ओलीलाई छलफलका लागि डाकेका हुन् ।

दुई नेतावीचको भेट सिंहदरबारस्थित सभामुखको च्याम्बरमा जारी रहेको छ ।

काँग्रेस सभापती शेरबहादुर देउवाको दबावमा पुष्पकमल दाहाल नेतृत्वको माओवादी केन्द्रले हिजो सर्वोच्च अदालतका प्रधानन्यायाधिश सुशीला कार्कीमाथि संसदमा महाअभियोग प्रस्ताव दर्ता गराएको छ ।

19.12¡ÆC