काठमाडौं ।

प्रमूख प्रतिपक्षिदल नेकपा एमालेले सत्तारुढ कांग्रेस र माओवादी केन्द्रले आफ्ना भ्रष्ट उम्काउन प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग ल्याएको आरोप लगाएको छ ।

एमाले सचिव योगेश भट्टराईले प्रधानन्यायाधीशविरुद्धको महाअभियोगको भर्त्सना गर्दै सत्तारुढ पार्टीले संसदको अधिकारलाई दुरुपयोग गरेको बताएका छन् ।

भट्टराईले कार्की योग्य, निडर र क्षमतावान रहेको बताउँदै सरकारले आम नेपाली महिलामाथि नै अपमान गरेको बताए । निर्वाचन आयोग, न्यायालयलगायत संवैधानिक निकायमा एकपछि अर्को हस्तक्षेप गर्दै सरकारले अलोकतान्त्रिक र अधिनायकवादी शासनको पूर्वअभ्यास गरेको उनले आरोप लगाए ।

एमाले नेता एवं पूर्वकानुन मन्त्री अग्नि खरेलले कार्कीविरुद्धको महाअभियोग दुर्भाग्यपूर्ण तथा मुलुकलाई अस्थिरता र अराजकतातर्फ लैजाने प्रयास भएको टिप्पणी गरे ।

‘राज्य संयन्त्रलाई बिफल पार्ने प्रयास हो,’ उनले भने, ‘अदालतमा आईजीपी प्रकरणको मुद्धा चलिरहेको छ, त्यही मुद्धा हेरिरहेको प्रधानन्यायाधीशविरुद्ध आबेश, उत्तेजना र मनोगन आधारमा महाअभियोग ल्याइएको छ । चुनावको मुद्धालाई डाइभर्ट गर्न र चुनाव रोक्ने अभिप्रयाले ल्याइको हो ।’

एमाले प्रमुख सचेतक भानुभक्त ढकालले प्रधानन्यायाधीशविरुद्ध लगाइएको महाअभियोग शुभसंकेत नभएको बताए । उनले विधि र प्रक्रियाका आधारमा पनि सरकारले उपयुक्त कदम नचालेको टिप्पणी गरेका छन् ।

21.12¡ÆC