राप्रपाले भोली सरकार छाड्ने, कमल थापाले भने महाअभियोग काँग्रेस एमालेले लगाए

बैशाख १७, २०७४ मा प्रकाशित | 1462 views

काठमाडौं ।

सत्ता साझेदार दलका उपप्रधानमन्त्री तथा राप्रपाका अध्यक्ष कमल थापालाई समेत सुईको नदिइ सर्वोच्च अदालतका प्रधानन्यायाधिशमाथि काँग्रेस एमालेले प्रतिशोधमा महाअभियोग प्रस्ताव दर्ता गरेपछि राप्रपाले भोली सरकार छाड्ने तयारी गरेको छ ।

सत्तारुढ राप्रपाले केन्द्रीय समितिको आकस्मिक बैठक भोली डाकेको छ राप्रपाका एक केन्द्रिय सदस्यले भने-आजै सरकार छाड्नुपर्छ भन्दै सबै नेताबाट दबाव आएको आयै छ, अध्यक्ष ज्यु ले भोलिसम्म घटनाक्रम हेर्न भन्दै यसबारेमा भोली निर्णय गरिने बताएको जानकारी दिएका छन् ।'

सत्तारुढ नेपाली कांग्रेस र माओवादी केन्द्रका सांसदहरुले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेपछि राप्रपा असन्तुष्टि बनेको छ ।

महाअभियोगबारे प्रतिक्रिया दिँदै राप्रपा अध्यक्ष तथा उपप्रधान एवं स्थानीय विकासमन्त्री कमल थापाले महाअभियोग आपत्तिजनक भएको बताएका छन् ।

यसबारे थप छलफल गर्न भोलि विहान ११ बजे आकस्मिक बैठक बोलाइएको छ ।

पुष्पकमल दाहाल सरकारमा राप्रपाबाट उपप्रधान तथा स्थानीय विकास मन्त्री कमल थापासहित चार मन्त्री सहभागी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web