काठमाडौं ।

वर्तमान सरकारमा भारत निकट रहेको आरोप खेप्दै आएका बिवादीत गृहमन्त्री विमलेन्द्र निधिले पदबाट राजीनामा दिएका छन् ।

पदबाट राजीनामा दिंदै निधिले पदबाट हटेपनि संविधान संशोधनमा सक्रिय रहने बताएका छन् ।

भारतीयलाई नेपाली नागरिकता लिएपछि नेपाली सरह अधिकार दिने पक्षमा वकालत गर्दै आएका निधिको राजीनामा काँग्रेस भित्रकै विवाद भएको बताइएको छ ।

राजीनामा दिनुअघि मन्त्री निधिले मुख्य सचिव सोमलाल सुवेदीलाई राजीनामाको प्रक्रियाबारे सोधेका थिए ।

त्यसपछि मन्त्री निधिले प्रधानमन्त्री प्रचण्डलाई टेलिफोन गरी आफूले राजीनामा दिन लागेको जानकारी दिएका थिए ।

प्रधानमन्त्रीले राजीनामा दिनेबारे नसोच्न आग्रह गर्दा आफूले राजीनामा पठाइसकेको निधिले प्रधानमन्त्रीलाई जवाफ दिएका थिए ।

मन्त्री निधिले महाअभियोग प्रस्तावबारे आफूलाई पूर्वजानकारी नदिइएको भन्दै गुनासो समेत गरेको बताइएको छ ।

केही राजनीतिक विश्लेषकहरुले भने भारतले नेपालमा स्थानिय निकाय निर्वाचन होस् भन्ने नचाहेको भन्दै सोही अनुसार निर्वाचन असफल बनाउन महाअभियोग घटना घटाउँदै निधिले राजीनामा दिएको बताउन थालेका छन् ।

19.12¡ÆC