संविधान संशोधनमा एमालेसहित साना दलको ४६ वटा संशोधन प्रस्ताव

बैशाख १६, २०७४ मा प्रकाशित | 876 views

काठमाडौं ।

संसदमा सरकारले पेश गरेको तर अहिलेसम्म कस्तो संविधान संशोधन भनि सार्वजनिक नगरेको बिवादास्पद संविधान संशोधन विधेयक माथि संशोधन दर्ता गर्न दिइएको ७२ घन्टाको समय सकिनै लाग्दा एमालेका सांसदहरुको तर्फबाट एकल र संयुक्त गरी ३१ वटासहित ४६ वटा संशोधन प्रस्ताव संसदमा दर्ता गरिएको छ ।

सरकारले पछिल्लो समय संसदमा पेश गरेको संविधान संशोधन प्रस्तावमा विभिन्न साना दलले पनि संशोधन प्रस्ताव दर्ता गराएका छन् ।

सरकारको तर्फबाट संसदमा ल्याइएको संशोधन विधेयकमा मधेसी दलहरुसंग भएको सहमति पछि सत्तारुढ गठबन्धनका तर्फबाट पनि संशोधन प्रस्ताव दर्ता हुने भनिए पनि अहिलेसम्म प्रस्ताव भने दर्ता गरिएको छैन । प्रस्ताव दर्ता गर्ने अन्तिम समय आजै साँझ १० बजेसम्म रहेको छ ।

प्रमुख प्रतिपक्षी एमालेले भने सत्तापक्षले संशोधन विधेयकमा थप संशोधनका लागि ल्याउन लागेको ठूलो प्रस्ताव प्रति आश्चर्य व्यक्त गरेको छ ।

‘सत्तापक्षले एकातिर हामीसंग संविधान संशोधन पारित गराउने कार्यमा सहयोग मागेको प्रचार गरिरहेको छ,’ एमाले संसदीय दलका प्रमुख सचेतक भानुभक्त ढकालले भने, ‘तर सरकारले संशोधन चाँही केमा गर्न खोजेको त्यो भने अहिलेसम्म गोप्य राखेको छ । त्यसको बारेमा प्रमुख प्रतिपक्षमात्रै होइन सार्वभौम जनताका प्रतिनिधिलाई गुमराहमा राखिएको छ ।’

संशोधन विधेयकमा सहमति जुटाउन प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार सर्वदलीय बैठक बोलाएका थिए भने शनिबार बिहान कांग्रेस सभापति देउवा एमाले अध्यक्ष केपी ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका थिए ।

सरकारले आइतबार नै संसदमा दफावार छलफल गराएर संसोधन प्रस्ताव पारित गर्ने मनस्थिति बनाएको छ भने एमालेले संसोधन विधेयक माथि परेका संशोधन प्रस्तावलाई समितिमा पठाएर टुंग्याउनुपर्ने बताइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web