बिवादीत संविधान संशोधनबारे एमालेको जवाफ-‘दुई तिहाई पुर्याउँछु भन्ने नसोचे पनि हुन्छ’

बैशाख १६, २०७४ मा प्रकाशित | 774 views

काठमाडौं ।

स्थानिय निर्वाचन जेठ ३१ मै गर्नुपर्नेमा विवादीत संविधान संशोधन प्रक्रिया अघि बयाएको सत्ताधारी दललाई नेकपा एमालेले दुई तिहाई पुर्याएर संविधान संशोधन गर्छु भन्ने नसोच्न चेतावनी दिएको छ ।

एमाले अध्यक्ष ओलीले आफुलाई भेट्न आएका काँग्रेस सभापती शेरबहादुर देउवालाई विवादीत संविधान संशोधन छाडेर चुनाव केही दिन सार्न सकिने भन्दै स्थानिय निर्वाचन अघि बजेट भने ल्याउन नपाउने स्पष्ट जवाफ दिएर फर्काइदिएका छन् ।

भारतीयलाई सजिलै नेपाली नागरिकताको प्रावधान राख्दै, उनिहरुले नेपालको राष्टपति पनि बन्न पाउने साथै नेपालको सरकारी कामकाजको भाषामा हिन्दी पनि राख्नुपर्ने राष्टघाती विषय समेटिएको संविधान संशोधन पास गर्न सहयोग माग्दै पुगेका काँग्रेस सभापती शेरबहादुर देउवा सहितका काँग्रेसी नेताहरुलाई ओलीले संशोधनमा कुनैपनि सहयोग गर्न नसक्ने जवाफ दिएका छन् ।

ओलीले बैशाख ३१ को घोषित निर्वाचन र जेठ ३१ को प्रस्ताविन निर्वाचनलाई एकैपटक गर्न सकिने तर जेठ १५ गते गरिने बजेट भाषण भन्दा अघि गर्नुपर्ने प्रस्ताव काँग्रेस नेताहरुसँग गरेका थिए ।

निर्वाचन भन्दा पनि विवादीत संविधान संशोधन पास गरेर तराई केन्द्रित राजनीति गर्दै आएका भारत निकट दलहरुलाई चुनावमा ल्याउन प्रस्ताव गर्न गएका काँग्रेस नेताहरुले ओलीका कुरा सुनेपनि कुनै सहमती जनाएनन् ।

हिजो र अस्ति सँगै आजपनि माओवादी नेताहरुसँगको छलफलमा विवादीत संविधान संशोधन पास हुन नसक्ने जवाफ दिएका ओलीले एमालेबिच दुई तिहाई पुर्याएर संविधान संशोधन गर्छु भन्ने नसोचे हुने भन्दै फर्काइ दिएका छन् ।

यसैबिच सत्ताधारी काँग्रेस नेताहरुसँगको छलफल पछि बसेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थानीय तहको निर्वाचन हुन नदिने षड्यन्त्र सुरु भएको निस्कर्ष निकालेको छ ।

एमालेले स्थानिय निर्वाचन सफल बनाउन र तोकिएकै बैशाख ३१ गते गराउन सबै दबाव र प्रयास गर्ने निर्णय गर्दै संविधान संशोधन विधेयकलाई असफल बनाउन सम्पूर्ण शक्ति लगाउने निर्णय समेत गरेको छ ।

एमाले स्थायी कमिटीको शनिबारको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ माओवादी र कांग्रेस नेताहरुसँग भएको छलफलबारे ब्रिफिङ गरेका थिए ।

जर्वजस्ती संविधान संशोधन अघि बढाए संसद अवरुद्ध पार्ने सोच समेत बनाएको एमालेले यसबारेमा निर्णय नगरेपछि जर्वजस्ती विवादास्पद संविधान संशोधन अघि बढाउन खोजे त्यसलाई असफल पार्न सम्पूर्ण प्रयत्न लगाउने निर्णय भएको सचिव योगेश भट्टराईले बैठकपछि जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web