घोराही ।

दाङ जिल्लामा हरेक बर्ष हुने गरेको भर्ना, मासिक तथा परिक्षा शुल्कका विषयमा विवाद अन्त्यका लागि विद्यालयको बर्गिकरण गर्ने तयारी गरिएको छ । जिल्लामा रहेका संस्थागत विद्यालयमा शुल्कको विषयलाई लिएर हुने विवादको अन्त्यका लागि बर्गीकरणको तयारी गरिएको जिल्ला शिक्षा कार्यालय दाङले जनाएको छ ।

जिल्लामा रहेका प्याब्सन, एनप्याब्सन तथा शिक्षासंग सरोकार राख्ने निकायहरुसंग छलफल गरेर जिल्लामा रहेका संस्थागत विद्यालयहरुको बर्गीकरणको तयारी गरिएको जिल्ला शिक्षा अधिकारी रमेशप्रसाद मैनालीले जानकारी दिनुभएको छ । संस्थागत विद्यालयको बर्गीकरणको कार्य बैशाख अन्तिम सातादेखि शुरु गर्ने जिल्ला शिक्षा कार्यालय दाङले जनाएको छ ।

हरेक बर्ष हुने शुल्क विवादको अन्त्यका लागि यस्तो प्रयास गरिएको शिक्षा अधिकारी मैनालीको दावी रहेको छ । अभिभावक र संस्थागत विद्यालय सञ्चालकबीच केही समस्या रहेको भन्दै शिक्षा अधिकारी मैनालीले यस्ता समस्या सबै बिद्यालयको बर्गीकरणसंगै अन्त्य हुने दावी गर्नुभयो ।

काठमाडौँमा केही प्रयोग गरिएकाले बर्गीकरण कार्य दाङमा पहिलो हुनेछ । सबै सरोकारवाला निकायसंगको छलफलका आधारमा विद्यालयको बर्गिकरण गरिने शिक्षा अधिकारी मैनालीले जानकारी दिनुभएको छ ।

27.11¡ÆC