दाङमा आयोजना सञ्चालनको १० बर्षमा पनि खानेपानी समस्या उस्त्रै

बैशाख १५, २०७४ मा प्रकाशित | 713 views

घोराही ।

खानेपानी आयोजना सञ्चालन भएको १० वर्ष नवित्दै भौतिक संरचना भत्किएका कारण घोराही उपमहानगरपालिका ४ मा खानेपानीको समस्या भएको छ । घोराही उपमहानगरपालिका ४ को फल्लेडाँडा र सिंगारु टोलमा ९३ घरधुरी छन । गाउँमा खानेपानीको समस्या हुँदा स्थानीयहरु वर्षेनी खोलाको दुषित पानी खान बाध्य भएका छन ।

२०५० सालमा नेवा संस्थाको १६ लाख रुपैयाँ सहयोग र स्थानीयको जनश्रमदानमा निर्माण भएको ३० हजार लिटर क्षमताको ट्याङ्कीमार्फत गाउँमा पानी वितरणगरिए पनि वर्षातको समयमापानीको मुहान कटान भई ड्याम भत्किएका कारण आफुहरु खानेपनी सुविधाबाट बञ्चित भएको स्थानीयबासीहरुले बताउने गरेका छन । धाराबाट पानी आउँदा सबैलाई सहज भएको थियो, ७० वर्षिया केशरा घर्ती मगरले भन्नुभयो, अब त पानी खान नपाएरै मर्ने भइयो ।

गाउँमा रहेका ११ वटा धाराबाट पानी आउन छोडेपछि तीन किलोमिटर टाढा अमारे खोलामा खाडल बनाई कचौराको सहायताले पानी संकलन गरेर पिउने गरेको पीडा स्थानीयबासीले व्यक्त गरेका छन ।

खोलाको पानीले जसोतसो गुजारा चलाउँदै आएपनि वर्षातको समयमा पानी दुषित हुने भएकाले आउँ, बान्ता, झाडापखाला, टाइफाइड,रुघाखोकीलगायत रोगको संक्रमण देखिने गरेको स्थानीयको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web