संख्या पुनरावलोकन धाँधलीपूर्णः अध्यक्ष ओली

बैशाख १४, २०७४ मा प्रकाशित | 926 views

काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको मिति घोषणापछि उम्मेदवार तय हुन थालेको अवस्थामा केही जिल्लामा स्थानीय तहको संख्या पुनरावलोकन गराउन खोज्नु धाँधलीपूर्ण हुने बताउनुभएको छ ।

स्थानीय निर्वाचनका लागि पार्टीको केन्द्रीय प्रचार विभागले आज काठमाडौंमा आयोजना गरेको राष्ट्रिय प्रचार भेलाको उद्घाटन गर्दै उहाँले निर्वाचन आचारसंहिता विपरीत राति राति बिजुलीका पोल बाँड्ने, बजेटको रकमान्तर गर्ने, अघिल्लो मिति राखेर पछि निर्णय गर्ने, विदेशबाट भाडामा विज्ञ बोलाएर एमालेविरुद्ध गलत प्रचार गराउने र नेपाल प्रहरीमा आतङ्क सिर्जना गर्ने काम निर्वाचन विरोधी भएको आरोप लगाउनुभयो ।

दोस्रो चरणको निर्वाचनका लागि तय भएको जेठ ३१ गते मुस्लिम समुदायको रमजान पर्छ भनेर आफूले सत्तारुढ दलका नेतालाई सम्झाउँदा गैरजिम्मेवार जवाफ दिएको ओलीको गुनासो थियो ।

प्रहरीका नायब महानिरीक्षक नवराज सिलवालले सार्वजनिक रुपमा आएको गृहसचिवसहितको हस्ताक्षरको कार्यसम्पादन मूल्याङ्कनको कागजलाई अदालतमा पेस गर्दा उनलाई किर्तेको आरोपमा गिरफ्तार गर्न खोज्नु तमासाको विषय हो भन्दै उहाँले यस्तो अवस्थामा जनताले सुरक्षाको प्रत्याभूति कसरी गर्ने भन्ने प्रश्न उठेको बताउनुभयो ।

एमालेको प्रचार क्षेत्रमा कार्यरत देशभरका प्रतिनिधि सहभागी भेलाको बन्दसत्रमा पार्टीका अन्य नेताहरुले अभिमुखीकरण गर्ने र प्रचारका योजना तय गर्ने जनाइएको छ ।

यसैबीच आसन्न स्थानीय निर्वाचनका लागि नेकपा ९एमाले० ले आज आफ्नो चुनावी प्रचार गीत सार्वजनिक गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web