प्रधानमन्त्री र राजपा नेपालबीच विधेयकबारे छलफल

बैशाख १४, २०७४ मा प्रकाशित | 632 views

काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद सञ्चालन र संविधान संशोधन विधेयकका बारेमा नवगठित राष्ट्रिय जनता पार्टी नेपालका नेताहरुसँग आज बालुवाटारमा छलफल गर्नुभएको छ ।

छलफलमा संविधान संशोधन विधेयकलाई दू्रत मार्गबाट पारित गर्ने विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटमा तराई मधेसका केही जिल्लामा स्थानीय तह पुनरावलोकन गर्न स्थानीय विकास अधिकारीलाई पठाइएको पत्रमात्र फिर्ता लिन प्रमुख प्रतिप्रक्षी दलसित सहमति भएको तर पुनरावलोकन कार्य फिर्ता नलिइएको प्रधानमन्त्रीले स्पष्ट गर्नुभएको गठबन्धनका नेताहरुले बताउनुभएको छ ।

नेपालले सरकारद्वारा सदनमा प्रस्तुत संविधान संशोधन प्रस्ताव सकारात्मक रहेकाले त्यसलाई पारित गर्न सहयोग गर्ने राष्ट्रिय जनता पार्टीका नेताहरुले बताउनुभयो ।

अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले जनसंख्याका आधारमा तराई मधेसका जिल्लाका गाउँपालिका तथा नगरपालिका पुनरावलोकन गर्नुपर्ने आफूहरूको माग यथावत् नै रहेको सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।

बैठकमा प्रधानमन्त्री प्रचण्ड, उपप्रधानमन्त्री कमल थापा, माओवादी केन्द्रका नेता वर्षमान पुन र राजपा नेपालका शीर्ष नेताहरु सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web