प्रधानमन्त्रीले ओलीलाई धम्की दिंदै भने-‘जसरी पनि संविधान पारित गरेर देखाउँछु’

बैशाख १३, २०७४ मा प्रकाशित | 724 views

काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहालले एमाले अध्यक्ष केपी ओलीलाई जसरी पनि विवादास्पद संविधान संशोधन पारित गरेर देखाउने चेतावनी दिएका छन् ।

तराईका जिल्लामा विवादास्पद रुपमा रातारात स्थानिय तह संख्या थप्ने निर्णय गलत भएको भन्दै संविधान संशोधन फिर्ताको एमाले मागको बिरोध गर्दै प्रधानमन्त्री दाहालले यस्तो चेतावनी दिएका हुन् ।

एमालेले तराईका ११ जिल्लामा एक सयओटा स्थानीय तह थप्ने सरकारको तयारीप्रति आपत्ति जनाउदै संसद अवरोध गरिरहँदा खुलाउन सत्तारुढ गठबन्धन र एमालेका शीर्ष नेताको संसद भवनै भएको छलफलमा दुई नेताबीच सवाल जवाफ समेत चलेको थियो ।

ओलीले तराई मधेसका केही जिल्ला छानीछानी स्थानीय तह बढाउने कुरा कुनै हालतमा स्वीकार्य नहुने भन्दै चुनाव नगराउने गम्भिर खेल अनुरुप यस्तो प्रयास भएको बताएका थिए । उनले संविधान संशोधन बिधेयक राष्ट्रको पक्षमा नभएकाले कुनै हालतमा पारित हुन नदिने अडान राखेका थिए ।

जवाफमा माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले एमाले बिना दुई तिहाई बहुमत पुर्‍याएर संविधान संशोधन गर्ने बताएका थिए । छलफलमा सहभागी एक नेताले प्रचण्डको भनाई उधृत गर्दै भने-'हेर्दैै जानुस्, तपाईले सहयोग नगरे पनि दुई तिहाईले यो प्रस्ताव पारित गरेर देखाउँछु ।’

एमालेले मधेसी मोर्चाका अनुचित माग एकपछि अर्को थपिँदै जाने र सत्तापक्ष बाहृय दबाव सामू लम्पसार पर्दै जाने अवस्था देखिएको भन्दै आक्रोश व्यक्त गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web