काठमाडौं ।

विवादास्पद विषयबारे सोध्दा कुनै छलफल र निर्णय नहुने बताउँदै झुक्याएर निर्णय गर्न थालेको भन्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झुक्याउने प्रयास नगर्न प्रधानमन्त्रीलाई चेतावनी दिएका छन् ।

स्थानीय तहको संख्या बढाउने तयारीबारे सोध्दा हल्लाको पछि नलाग्न यसमा छलफल नभएको र नथपिने बताएका प्रधानमन्त्रीले परिपत्र गरेर ढाँटेको र यो बेइमानी भएको ओलीले बताए ।

‘प्रधानमन्त्रीसँग सोध्दा यो हुँदै होइन, चुनाव अगाडि कहाँ यो संख्या थप्ने घटाउने हुन्छ रु यस्ता हल्ला पनि सुन्ने तपाईहरु रु भन्नु भो,’ मनमोहन स्मृति प्रतिष्ठानले बुधबार गरेको कार्यक्रममा ओलीले भने, ‘हिजो हेरेको त एलडीओहरुलाई लिखित निर्देशन दिनु भएको छ । कतिसारो बेइमानी ।’

ओलीले अघि भने-'भोकभोकै निर्वाचनमा बस्ने, काँचो चना खाएर आन्दोलनलाई अघि बढाउने पुष्पलाल, मनमोहन अधिकारी, मदन भण्डारीको पार्टी यति मजबुत हुँदाहुँदै, हिन्दीमा भन्ने हो भने तेरा ये हिम्मत ?’

सरकारप्रति आक्रामक रुपमा प्रस्तुत भएका ओलीले चुनाव देखाएर राष्ट्रमाथि नै खेलबाड गर्न खोजिएको आरोप लगाए । ‘जनमत संग्रहकालमा केटाकेटी यसो निहु खोज्न थाल्यो भने हल्ला नगर है जनमत संग्रह भाँडिन्छ भन्ने गरिन्थ्यो,’ उनले भने, ‘अहिले हामीलाई चुनाव चाहिएको छ । चुनाव भाँडिन्छ है भनेर देश टुक्राउने, हिन्दीलाई राष्ट्र भाषा बनाउने काम हुँदैछ ।’

22.12¡ÆC