रुकुमका ९ वटा स्थानीय तहबाट २ जना मात्र महिला प्रमुखमा उम्मेदवार

बैशाख १३, २०७४ मा प्रकाशित | 865 views

रुकुम ।

बैशाख ३१ गते हुने स्थानीय तह निर्बाचनका लागि रुकुमका ९ वटा स्थानीय तहबाट २ जना मात्र महिलालाई स्थानीय तहको प्रमुखको उम्मेदवारको रुपमा टुंगो लगाईएको छ । ३ नगरपालिका र ६ गाउँपालिका रहेको रुकुममा दुई गाउँपालिकाबाट दुई जना महिला उम्मेदवारहरु स्थानीय तहको प्रमुखमा उम्मेदवार बनेका हुन ।

नेकपा एमाले रुकुमले रुकुमको भुमे गाउँपालिकाबाट आशा स्वर्णकार र नेकपा माओबादी केन्द्र रुकुमले सिस्ने गाउँपालिकाबाट कुमारी बराललाई प्रमुखको उम्मेदवार टुंगो लगाएको छ । नेकपा एमाले र माओबादी केन्दले जिल्लाका सबै स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुको उम्मेदवार घोषणा गरिसकेको छ ।

जसमा एमालेले भुमे गाउँपालिका बाहेक अन्य सबै स्थानीय तहमा महिलाहरु उपप्रमुखको पदमा उम्मेदवार बनाएको छ भने माओबादी केन्द्रले पनि सिस्ने गाउँपालिका बाहेक अन्य सबैमा वडामा महिलाहरुलाई उपप्रमुखको उम्मेदवार बनाईएको छ । जसअनुसार ति गाउँपालिका बाहेक अन्य स्थानीय तहमा महिला उम्मेदवारहरु महिलासंग नै उपप्रमुखको पदमा प्रतिष्प्रधा गर्नेछन भने महिला प्रमुखका उम्मेदवारहरुले भने अन्य फरक पार्टीका पुरुष प्रमुख उम्मेदवारसंग प्रतिष्प्रधा गर्नेछन ।

रुकुममा माओबादी केन्द्र र एमालेले आफ्ना उम्मेदवारहरुको टुंगो लगाएको भएपनि नेपाली काग्रेसले भने लामो गृहकार्य गर्दा पनि उम्मेदवारहरु टुंगो लगाउन सकेको छैन । उम्मेदवारका आकांक्षीहरु धेरै भएपछि काग्रेसलाई टुंगो लगाउनमा गाह्रो भएको हो । केहि दिनमा उम्मेदवारहरुको टुंगो लगाउने नेपाली काग्रेसले जानकारी दिएको छ । तर नेपाली काग्रेसबाट पनि एउटा मात्र स्थानीय तहको प्रमुखमा महिला उम्मेदवार बन्ने चर्चा छ । अन्य सबै स्थानीय तहमा पुरुष नै प्रमुखको उम्मेदवार बन्ने संभावना भएपनि त्रिबेणी गाउँपालिकामा सिता ओलीको चर्चामा छ ।

त्यस गाउँपालिकामा महिला उम्मेदवारको आकांक्षी र चर्चा भएपनि अन्तत पुरुष उम्मेदवार दिपेन्द्र पुननै प्रमुखको उम्मेदवार बन्ने बलिलो संभावना रहेको समाचार स्रोतको दाबी छ । नेपाली काग्रेसले उक्त गाउँपालिकाबाट पनि महिला उम्मेदवार प्रमुखमा टुंगो नलगाए रुकुममा एमाले र माओबादीको १÷१ जना गरि २ जना मात्र उम्मेदवार हुने छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web