दलिय आधारमा स्थानिय तह थप्ने सरकारी निर्णय बिरोधमा संसद अवरुद्ध

बैशाख १३, २०७४ मा प्रकाशित | 845 views

दलिय आधारमा स्थानिय तह थप्ने सरकारी निर्णय बिरोधमा संसद अवरुद्ध

काठमाडौं ।

राज्य पूर्नसंरचना आयोगले विज्ञको सल्लाह र अध्ययनका आधारमा सिफारिस गरेको बैज्ञानिक स्थानिय तहलाई हत्याउँदै दलिय सहमतीमा स्थानिय तह थप्ने सरकारको निर्णयको बिरोध गर्दै नेकपा एमालेले संसद अवरुद्ध पारेको छ ।

आज भएको संसद बैठकमा स्थानिय तह थप्ने सरकारी निर्णय र तराई केन्द्रित दलहरुसँग भएको सहमतीबारे स्थानीयमन्त्री कमल थापाले बोलेलगत्तै एमालेले संसद अवरुद्ध गर्ने बताएपछि संसद बैठक स्थगित हुन पुगेको छ ।

नकेपा एमाले सचेतक भानुभक्त आचार्यले मन्त्रीको जवाफ चित्त बुझ्दो नभएकाले संसद अवरुद्व गर्ने चेतावनी दिएपछि संसद बैठक तीन बजेसम्मको लागि स्थगित भएको छ ।

मन्त्री थापाले समेत सरकारले ११ जिललामा स्थानीय तह थप्ने गरेको निर्णय आफुलाई समेत ठिक नलागेको भन्दै स्थानि निर्वाचनको बिरोध गर्दै आएको तराई केन्द्रित दलहरुको मोर्चा मेधेसी मोर्चालाई सहमतिमा ल्याउनका लागि त्यसो गरिएको बताउनुभयो । ‘मधेसी मोर्चालाई सहमतिमा ल्याउनका लागि थप्ने निर्णय गरिएको बताए ।

संसदमा बोल्दै एमाले सचेतक भानुभक्त आचार्यले पुर्नसंरचना आयोगको प्रतिवेदन उल्टाउन खोज्नु असंवैधानिक र गैरकानूनी भएको भन्दै सरकारको यस्तो निर्णय नसच्चिएसम्म संसद सुचारु हुन नसक्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web