कांग्रेसको नजरमा एमाले, माओवादी, राप्रपा र मधेसी दल कस्ता-कस्ता ?

बैशाख १३, २०७४ मा प्रकाशित | 766 views

काठमाडौँ,बैशाख  १३ । संसद्को सबैभन्दा ठूलो दल कांग्रेसले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै बर्सेनि तीन लाखभन्दा बढीलाई रोजगारी दिनेदेखि बर्सेनि एक खर्ब विदेशी लगानी ल्याउनेसहितका महत्वाकांक्षी योजनासहितको निर्वाचन घोषणापत्र ल्याएको छ । कांग्रेसले अरु दललाई हेर्ने दृष्टिकोण समेत घोषणापत्रमा उल्लेख गरेको छ  ।

एमाले असहिष्णु र उग्रराष्ट्रवादी

कांग्रेसले आफूलाई सामाजिक परिवर्तनको प्रेरक मान्दै प्रमुख प्रतिपक्षी दल एमालेलाई असहिष्णु र उग्र राष्ट्रवादी भनेको छ । संविधान निर्माणदेखि नै एमाले असहिष्णु र आक्रामक भएको आरोप कांग्रेसको छ । एमालेकै अतिवादी सोच र अडानले तराई–मधेसको आन्दोलन झनै चर्केको कांग्रेसको आरोप छ ।

माओवादी अस्थिरतामा लाभ खोज्ने

कांग्रेसले देशको राजनीति मुठभेडमा पुग्दा पनि माओवादी केन्द्रले दृढसंकल्प र लोकतान्त्रिक बाटो पहिल्याउन नसकेको आरोप लगाएको छ । माओवादी द्वन्द्वकालीन प्रवृत्ति र घटनाको प्रभावबाट मुक्त हुन नसकेको र सत्ताको लाभ खोज्ने प्रवृत्ति भएको कांग्रेसको आरोप छ ।

मधेसी दल हठी, राप्रपा अवसरवादी

मधेसी दल हठी भएको तथा मधेसका जनतालाई निर्मम आन्दोलनमा होमेर राजनीतिक संवाद र सहमतिलाई परिणाममुखी बन्न नदिएको अरोप लगाएको छ । मधेसी दलले सामाजिक सद्भाव बिथोलेर सीमासम्म आन्दोलन फैलाएर अतिवादी सोच र प्रवृत्तिलाई बल पु¥याएको आरोप पनि छ । नयाँ संविधानलाई निष्ठापूर्वक स्वीकार नगर्ने प्रवृत्तिले राप्रपालाई अवसरवादी तथा सत्ता राजनीतिको दलदलमा फसाएको कांग्रेसको निष्कर्ष छ । नयाँ पत्रिकामा खबर छ |

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web