सल्यान ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले जिल्लाका नगरपालिका तथा गाउँपालिकामा राखिएका बोर्डहरु हटाएको छ । सोमबार राती ३ नगरपालिका र ७ गाउँपालिकाका वोर्ड हटाइएको हो ।

आफ्नो पार्टीले विभिन्न स्थानमा गरेका शान्तिपूर्ण कार्यक्रममा सरकारले हस्तक्षेप गरेको बदलामा स्थानीय तहका कार्यालयका बोर्डहरु हटाइएको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला इन्जार्ज डिल्लीराज शर्मा विश्वले जानकारी दिनु भयो ।

एकीकृत जनगारण तथा प्रतिरोध अभियान अन्र्तगतको राष्ट्रव्यापी कार्यक्रम अनुसार पहिलो चरणममा बोर्डहरु हटाइएको उहाँले बताउनु भयो । उहाँले भन्नु भयो स्थानीय तहको चुनावको खारेजीको लागि शान्तिपूर्ण रुपमा कार्यक्रम गर्न खोज्दा प्रहरीले हस्तक्षेप गरेकाले त्यसको विरोध स्वरुप पहिलो चरणमा वोर्डहरु हटाइएको हो ।

यदि सरकारले अझै हामीमाथि दमन गर्न खोज्छ भने त्यसको प्रतिवाद शाही अनुसार हुन्छ । वर्तमान चुनावको खारेजीको लागि मात्र नभई संसदीय सत्ताकै विरोध स्वरुप कार्यक्रम अघि बढाइएको विश्वको भनाई रहेको छ ।

यस्तै आजैबाट मतदाता शिक्षाका लागि गाउँ पुगेका मतदाता प्रशिक्षकहरुलाई फिर्ता पठाइने माओवादीले जनाएको छ । मतदाता शिक्षाका लागि लगिएका सामाग्री जफत गर्नुका साथै अटेर गर्ने प्रशिक्षकलाई कारवाही समेत गरिने इन्चार्ज विश्वले बताउनु भयो ।

23.22¡ÆC