धनकुटामा बस दुर्घटना हुँदा २७ जना घाईते

बैशाख ११, २०७४ मा प्रकाशित | 790 views

धनकुटा ।

सोमबार अपरान्ह धनकुटाको मुलघाट सडक खण्डमा बस दुर्घटना हुंदा २७ जना घाईते भएका छन् ।

संखुवासभाको खाँदबारीबाट धरान जाँदै गरेको को १ ख ४०७२ नं.को पशुपति यातायात मुलघाट–च्याङ्च्याङ्बारीमा पर्ने जंगल भित्रको पाँच गोलाईमा दुर्घटना भएको हो ।

ब्रेकफेल भई बस भित्तामा ठोकिएर बीच सडकमा दुर्घटना ग्रस्त भएपछि करिव आधा घण्टा यातायात अवरुद्ध भएको थियो ।

बसमा सवार ३५ यात्रु सवार रहेको ट्राफिक कार्यालय धनकुटाका प्रमुख सुरेन्द्र खड्काले जानकारी दिनुभयो ।

घाईतेहरुको धरान स्थित बिपी कोईराला स्वास्थ्य प्रतिष्ठानमा उपचार गर्न पठाईएको प्रहरी उपरीक्षह सुदिपराज भण्डारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web