डीआईजी सिलवाल अकस्मात अस्पतालको आकस्मिक कक्षमा भर्ना

बैशाख ११, २०७४ मा प्रकाशित | 1450 views

काठमाडौं ।

प्रहरी नायव महानिरीक्षक नवराज सिलवाल अस्पताल भर्ना भएका छन् ।

सर्वोच्च अदालतको आदेशपछि प्रहरी नियन्त्रणबाट छुटे लगत्तै डीआईजी सिलवाल ११ वैशाख साँझ बी एन्ड बी अस्पताल, ग्वार्कोमा भर्ना भएका हुन ।

अस्पताल स्रोतका अनुसार डीआईजी सिलवाल आकस्मिक कक्षमा भर्ना भएका छन् ।

११ विहान प्रहरीले नियन्त्रणमा लिएका डीआईजी सिलवाललाई साँझ मात्रै छोडेको थियो ।

उनलाई गैरकानुनी थुनामा राखेको भन्दै बन्दी प्रत्यक्षीकरणको निवेदन परेपछि सर्वोच्च अदालतले आजै थुनामुक्त गर्न आदेश दिएको थियो ।

प्रहरी प्रधान कार्यालयले भने उनलाई सोधपुछका लागि बोलाएको दाबी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web