को बन्ला माहाकाली नगरपालिकाको पहिलो मेयर ?

बैशाख ११, २०७४ मा प्रकाशित | 932 views

पप्पुु गुरुङ्, ९ बैशाख, माहाकाली नगरपालिका । बैशाखको टन्टापुरी गर्मी संगै निर्वाचनको सरगर्मीले माहाकाली नगर क्षेत्र निकै तातेको छ । दोधारा र चाँदनी गाबिसलाई समेटेर बनेको माहाकाली नगरपालिकामा पहिलो मेयर बन्न प्रमुख दलहरु बीच दौडधुप सुरु भएको छ । ३१ जेठमा हुने स्थानीय तह निर्वाचनका लागि पछिल्लो पुनर्सरचनापछि माहाकाली नगरपालिका भएयता राजनितिक अभ्यास बढ्दै गएको छ् । अरु क्षेत्रको नगरपालिका भन्दा चाँडै बिकासको गती समात्न सक्ने माहाकाली नगरापलिकामा ठूला दल देखि साना दलका नेता समेत निर्वाचन प्रचार प्रसारमा खटेका छन् । माहाकाली नगरपालिकामा निर्वाचन नजिकिदै गर्दा कांग्रेस, एमाले र माओवादी केन्द्र र राप्रपाको चर्चा र प्रतिस्पर्धा बढ्दै गएको छ । आ–आफ्नो दलका उमेदवारलाई नगरपालिकाको पहिलो मयेर र उपमेयरमा जिताउन केन्द्रीय स्तरका नेता सम्म अहोरात्र जुटिरहेका छन् ।

कांग्रेस बलियो उम्मेदवार खोज्दै :

माहाकालीमा कांग्रेसले आफ्नो मजबुत पकड भएको दाबी गर्दै आएको छ् । काग्रेंसमा दुई धार देखिएको भएतापनि पार्टीको अवस्था फेरी पनि कमजोर नभएको कांग्रेसका स्थानीय एक नेताले बताए । उनले काग्रेंसमा धार देखिएपनि पार्टीलाई जिताउन बलिया उम्मेदवारलाई टिकट दिन गृहकार्य सुरु भइसकेको प्रतिक्रिया दिए । कांग्रेसका तर्फबाट माहाकाली नगरको मेयरका लागि हाल सम्म बिर बहादुर सुनार, बेल बहादुर राना, गोपाल भट्ट, डम्मर चन्द, मृग बहादुर सिंह, चन्द्र सिंह बिष्टको चर्चा बढी छ । आकांक्षी मध्य बिर बहादुर सुनार बेल बहादुर राना र गोपाल भट्टलाई बलिया दाबेदारका रुपमा हेरिएको छ । श्रोत अनुसार माहाकाली नगरको लागी बिर बहादुर सुनारले टिकट पाउने सम्भावना बढी देखिएको छ् । बिर बहादुर सुनार बिगतमा महाधिबेसन प्रतिनिधी, शुकुम्वासी समस्या समाधान आयोग, कञ्चनपुरका अध्यक्ष तथा पुर्व चाँदनी गाबिसिका अध्यक्ष पनि रहेका थिए । पार्टीमा आकांक्षी उम्मेदवारको लर्कोलाई मिलाउन काग्रेंसका नेता तथा मन्त्री रमेश दत्त लेखक पनि लागिपरेको पार्टी श्रोतले जानकारी दिएको छ् ।

एमालेमा ६ जना आकांक्षी :

एमालेमा माहाकाली नगरपालिकाको मेयरका लागि किशोर कुमार लिम्बु, राजिव खड्का, गगन खत्री, टंकलाल जोशी, भुवन बिहारी पन्त, चिनी गिरीको नाम आएको छ । आकांक्षी मध्ये किशोर कुमार लिम्बु बलियो दाबेदार भएको बताउछन् । एमाले श्रोत अनुसार किशोर कुमार लिम्बुले मेयरको टिकट पाउने करिब पक्का पक्की भएका छन् । एमालेका आकांक्षी लिम्बु लामो समय देखि सामाजिक तथा पार्टी कृयाकलापमा आबद्ध छन् । हाल एमालेका बुद्धिजिवी परिषदका केन्द्रीय सदस्य समेत रहेका लिम्बु स्थानीय जनता माँझ परिचित छन् । पार्टी श्रोतले दिएको जानकारी अनुसार टिकट पाउने किशोर कुमार लिम्बुलाई सहमती जनाएको छ् । लिम्बुले पहिलो पटक राजनितिक क्षेत्रमा पहिलो पटक उम्मेदवारी दिएका हुन् ।

माओवादीबाट पाँच जनाको चर्चा :

माओवादी केन्द्रबाट हालसम्म पाँच जनाको नाम बढी चर्चामा छ । माहाकाली नगरपालिकामा बलियो देखिएको माओवादीमा भरत भट्ट, भिम कुमाल, धन बहादुर दमाई ईन्द्र बहादुर रावत र पर्सा सुनार ले आकांक्षा राखेका छन् । स्थानीय क्षेत्रमा चहलपहल बढाइरहेका भरत भट्ट प्रिय समेत छन् । केही अघि मात्रै राप्रपाबाट मेयरको टिकट नपाएर ठुस्सीएर पार्टी परित्याग गरेर पुन : नेकपा माओबादी केन्द्रमा फर्केका भिम कुमाल पनि मेयरको टिकट पाउने लाईनमा उभिएको देखिन्छन् । माओवादीको तर्फबाट टिकट पाउनेमा भरत भट्टको चर्चा चुलिएको छ् । पार्टीले भट्टलाई टिकट दिने सम्भावना बढेर गएको बताईन्छ् । माओवादी केन्द्रले पनि रणनीतिक उपायहरु अवलम्बन गरिरहेको दाबी गरेको छ । यस्तै फेरी माओबादीमा हालै फर्किएका भिम कुमाललाई पार्टीले कुन पदमा उम्मेदवारी दिने हो त्यो भने हेर्न बाँकीनै छ् ।

राप्रपामा कार्यकर्तामा ठुस्सा ठुस्सी :

माहाकालीमा अहिले आएर राप्रपाको संगठन केहि दिन अघिको दाँजो केही कमजोर देखिएको छ् । राप्रपाको सांगठनिक विस्तार कमजोर हुदा निर्वाचनमा असर पर्न सक्ने नेताहरुले आंकलन गरेका छन् । राप्रपामा केही दिन अघि भएको नगर कार्यसमितिको उम्मेदवार छनौट तथा सिफरिस कार्यमा असहमती देखिए पछि राप्रपाका नेताहरुमा असन्तुष्टी बढेर गएको छ् । भिम कुमाललाई मेयरको टिकट दिने पहिले चर्चामा आएपनि पछिल्लो समयमा आएर नन्दा खत्रीलाई मेयरको टिकटको घोषणा भएपछि राप्रपा माहाकाली क्षेत्रमा थप कमजोर देखिन थालेको जानकारहरुको भनाई रहेको छ् । उपमेयरको टिकट बितरणमा समेत भोगौलिक तथा क्षेत्रिय समिकरण पार्टीले नमिलाएको कारण पार्टीका जिम्मेवारी पदमा बसेका ब्यक्ती समेत थप असन्तुष्टी बढेको बताइएको छ् ।

जनमोर्चा को संगठन बिस्तार :

माहाकालीमा हालै पार्टीमा प्रबेश गरेका भक्त बहादुर सुनारलाई राष्ट्रिय जनमोर्चाले मेयरको टिकट दिएको घोषणा गरेको छ् । बिगतका दिनहरु भन्दा अलिक फराकिलो संगठन बिस्तार भएको जनमोर्चाले एक महिना अघि मात्रै पार्टीमा प्रबेश गरेका ब्यक्ती भक्त बहादुर सुनारलाई मेयर पदको टिकट दिएका छन् । संगठन बिस्तारमा कमजोर देखिदै आएको जनमोर्चाले माहाकाली नगरपालिकाको पहिलो स्थानिय आसन्न निर्वाचनमा कती मत पाउने हो बैशाख ३१ मा थाहा हुने छ् ।

नेकपा (माले) छुपचाप :

सबै दलहरुले आसन्न स्थानिय निर्वाचनको तयारी जुट्दै गर्दा नेकपा (माले) ले स्थानिय निर्वाचनको खासै प्रतिकृया देखाएको छैन् । केही दिन अघि माहाकाली नगरको मेयर पदको लागी नेकपा मालेबाट सरोज श्रेष्ठको नाउ आएपनि नेकपा मालेले कुनै आधिकारीक धारणा ब्यक्त गरेको छैन् ।

एमाले र काग्रेंसमा बढी विश्वासी :

हाल सम्मको अवस्था हेर्दा माहाकालीमा नेपाली काग्रेंस र एमाले बलिया देखिएका छन् । सांंगठनिक विस्तारमा नेपाली काग्रेंस र एमाले यहाँका मेयर, उपमयेर दुवै पदमा आफ्ना उम्मेदवार विजयी हुनेमा विश्वस्त देखिन्छ । नेपाली काग्रेंस र एमालेमा जस्को उम्मेदवार बलियो भयो उसैले मेयर पद टपकाउन सक्ने पनि आकंलन गरिएको छ् । यसको लागी नेपाली काग्रेंस नेकपा एमालेले सबै समिकरण मिलाएर मात्रै उम्मेदवारलाई टिकट दिने योजनमा लागेको छ् । माहाकाली नगर क्षेत्रमा नेपाली काग्रेंस र एमालेको अहिले आएर थप बाहुल्यता देखिएको छ् । पार्टीको सबै समिकरण मिलाउन एमाले तथा काग्रेंसका केन्द्रीय स्तरको नेता समेत लागिपरेका छन् । नेतृत्व गर्ने स्थानिय नेताहरु आकांक्षी उम्मेदवारलाई सहमतीमा ल्याएर कसरी आफ्नो दलको आगाडी ल्याउनेमा गृहकार्यमा लागेका छन् । ठुलो दलको रुपमा चिनीदै आएको नेपाली काग्रेंसमा दुई धार त्यसैमा थुप्रै आकांक्षी उम्मेदवारलाई मिलान गर्न नसके कार्यकर्ताहरु रुष्ट भएपछि पार्टीमा अन्तरघात हुने प्रबल सम्भावना पनि बढेर गएको एक थरी जानकारहरुको भनाई रहेको छ् । एमालेमा मेयर टिकटको लागी बिबाद नदेखिए पनि वडामा टिकट नपाउदा हुन सक्ने अन्तरघात पनि बढ्न सक्ने आकंलन गर्न सकिन्छ् । पार्टी भित्र हुने अन्तरघातलाई थेग्न पार्टीले कुन ‘ट्रिक्स’ अपनाउछ हेर्न बाँकी नै छ् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web