राजविराज ।

सप्तरीको शम्भुनाथ नगरपलिका–८ मा करेन्ट लागेर आज बिहान एक बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय सुनिलकुमार दासको नौ वर्षीया छोरी विभाहकुमारी दास रहेको इलाका प्रहरी कार्यालय, कल्याणपुरले जनाएको छ ।

नुहाउने क्रममा पानी तान्ने मोटरमा नाङ्गो तारमा अचानक छुँदा विभाहलाई करेन्ट लागेको थियो ।

गोरुले हान्दाबालिकाको ज्यानगयो

गोरुले हान्दा बैतडीमा एक बालिकाको ज्यानगएको छ ।

बैतडीको सुनर्या गाउपालिका ६ बरायलगाडामा हिजो दिउँसो २बजे तिर गोरु चराउनगएकी अमर कुवरकी ९ बर्षिय छोरी जानकीकुवरको मृत्यु भएको हो ।

स्थानिय केदार प्राबिमाकक्षा ४माअध्ययनरत बालिकाकुवरलाई गोरुले हाने पनिउनलाई अस्पताल नलगी धामीझाक्रीलाई देखाएको र आजदिउँसो स्वास्थ्यचौकी लैजादैँ गर्दा बाटोमा मृत्यु भएको हो ।

16.23¡ÆC