झापामा महिला घरमै शंकास्पद मृत भेटिइन्, नारायणी नदिमा डुवेर एकको मृत्यु

बैशाख १०, २०७४ मा प्रकाशित | 569 views

काठमाडौं ।

झापा दमककी एक दलित महिलाको घरको कोठामै शंकास्पद मृत अवस्थामा शव भेटिएको छ ।

दमकको साविक १५ नम्वर वार्डको शान्ति चोक छेउमा रहेको आफनै घरको कोठामा आज ४५ वर्षीया अञ्जु गजमेर शंकास्पद मृत अवस्थामा शव भेटिएको हो ।

दिउसो साढे ४ वजेतिर कोठामा मृत भेटिएकी  गजमेरको हत्याराको खोजी भइरहेको  इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

गजमेरको शव पोस्टमार्टको लागि धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको कार्यालयका डिएपी राजन लिम्वूले बताउनु भयो । उनको एक छोरा , एक छोरी र श्रीमान रहेको आफन्तले जनाएका  छन् ।

नारायणी नदीमा डुबेर एक किशोरको मृत्यु

चितवनको नारायणी नदीमा डुबेर आज एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज अपरान्ह ३ः३० बजेको समयमा नारायणी नदीमा पौडी खेल्ने क्रममा डुवेर एक किशोरको ज्यान गएको हो ।

चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १७ स्थित नारायणी नदीमा नुहाउने क्रममा दाङका अन्दाजी १७/१८ वर्षका जंङग बहादुर बगडीको डुबेर मृत्यु भएको चितवनका प्रहरी नायव उपरिक्षक दिपक श्रेष्ठले जानकारी दिनुभयो ।

उनी ना ७ क १८०९ नम्बरको ट्रिपरको सहचालक भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web