चुनाव दुई चरणमा गर्नेभए मतपत्र, मतदाता र परिचय पत्र अहिलेकै हुनुपर्ने आयोगको शर्त

बैशाख १०, २०७४ मा प्रकाशित | 956 views

काठमाडौं ।

बैशाख ३१ गतेनै एकै चरणमा निर्वाचन गर्ने रटान लगाउँदै आएका प्रधानमन्त्री पुष्पकमल दाहालले दुई चरणमा निर्वाचन गर्नुपर्ने बताएपनि निर्वाचन आयोगले तीन शर्त अघि सारेको छ ।

आयोगले दुई चरणमा निर्वाचन गर्ने भए मतपत्र अहिलेकै हुनुपर्ने, मतदाता नामावली थप गर्न नसकिने तथा परिचयपत्र आयोगले तयार पारिसकेकै हुनुपर्ने स्पष्ट अडान राखेको छ ।

सरकार र मधेसी मोर्चाबीच शनिबार स्थानीय तहको निर्वाचन दुई चरणमा गर्ने सहमति भएपनि प्रधानमन्त्रीले आयोग पदाधिकारीलाई डाकेपछि छलफलमा आयोगको तर्फबाट यस्तो शर्त राखिएको छ ।

दुई चरणमा निर्वाचन गर्ने राजनीतिक सहमतिलाई मन्त्रिपरिषदबाट निर्णय गर्नुअघि प्रधानमन्त्री दाहालले निर्वाचन आयोगको पदाधिकारीसँग परामर्श गरेका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा आयोगका पदाधिकारीहरु राजनीतिक सहमति अनुसार दुई चरणमा चुनाव गर्न सहमत भएको छ ।

निर्वाचन आयोगका पदाधिकारीहरुले दुई चरणमा चुनाव गर्दा पनि मतदाता नामावली, मतदाता परिचय पत्र र मतपत्र अहिलेकै कायम रहने भन्दै सबै फेर्दा जेठमा निर्वाचन हुन नसक्ने र बैशाखको निर्वाचन समेत रोकिने सुझाव दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web