माओवादीद्धारा दुई चरणमा निर्वाचन जाने सहमतीको स्वागत

बैशाख १०, २०७४ मा प्रकाशित | 748 views

काठमाडौं ।

माओवादी केन्द्रले सरकार र सङ्घीय गठबन्धनबीच दुई चरणमा निर्वाचन गर्ने लगायतका विषयमा हिजो भएको सहमतिलाई अनुमोदन गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा  आज बसेको केन्द्रीय कार्यालय बैठकले सरकार र सङ्घीय गठबन्धन बीच भएको सहमतिलाई अक्षरंश कार्यान्वयन गर्न पार्टीको तर्फबाट आवश्यक पहल गर्ने निर्णय गरेको प्रधानमन्त्री प्रचण्डको नीजि सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्डले सबै राजनीतिक दलहरु निर्वाचनमा आउने वातावरण बन्नु देशकै लागि खुसीको कुरा भएको भन्दै पूर्ण रुपले निर्वाचनमा होमिन आफ्ना नेता कार्यकर्तालाई निर्देशन समेत दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web