पाल्पा ।

रिब्दीकोट गाउँपालिका– ७ कातडी भन्ने स्थानमा आज बिहान जिप दुर्घटना हुँदा त्यसका मालिक रिब्दीकोट गाउँपालिका– ७ पालुङका २४ वर्षीय दानबहादुर गाहाको घटनास्थलमै मृत्यु भएको छ ।

रिब्दीकोटको पिपलडाँडाबाट तानसेनतर्फ आउँदै गरेको लु १ ज १५८१ नंको सो जिप दुर्घटना भई डेढ सय मि तल खसेको मुझुुङ प्रहरी कार्यालयका प्रमुख गोपाल पुनले जानकारी दिनुभयो ।

दुर्घटनामा परी घाइते भएका सोही स्थानका ४५ वर्षीय प्रेमबहादुर गाहा र निजका नौवर्षीय छोरा भूपेन्द्रको अहिले तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा पठाइएको मुझुुङ प्रहरी कार्यालय जनाएको छ ।

22.58¡ÆC