मकवानपुर ।

मकवानपुरको मनहरी गाउँपालिका–९ ज्यामिरेस्थित खोलामा डुबेर २ जनाको मृत्यु भएको छ ।

शनिबार साँझ माछा मार्न जाल लिएर गएका ज्यामिरे बस्ने अन्दाजी ४०-४५ का सिताराम विक र सोही स्थानका पाख्रिन कान्छा भनिने अन्दाजी ३५ बर्षका तुलाबहादुर पाख्रिनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

खोलामा रहेको गहिरो तालमा डुबेर उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

‘हामीलाई घटनाको बिषयमा साँझ करिब साढे ५ बजेतिर जानकारी आएको हो । हामी पुग्दा ६ बजेको थियो, तालमा डुबेका उनीहरुलाई करिब ९ बजे मात्र निकाल्न सकेका हौं’, ईलाका प्रहरी कार्यालय मनहरीका एक प्रहरीले भने ।

मृतकसंगै माछा मार्ने जाल समेत फेला पारिएकोले उनीहरु माछा मार्न गएको भन्ने प्रमाणित भएको प्रहरीले बताएको छ ।

23.22¡ÆC